Thursday 1st October 2026

“सुदुर सांगीतिक धमाका २०१९” को लागि अतिथि कलाकारहरू भोली साँझ ७ः२० बजे कुवेत आइपुग्ने


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतको “सुदुर सांगीतिक धमाका २०१९” को लागि सांगीतिक कोसेली लिएर नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन २ का विजेता रबि ओड र  गायक तथा मोडल चक्र बम भोली साँझ कुवेत आइपुग्ने भएका छन् । कलाकार द्वय भोली साँझ ७ः२० बजेको उडानबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् भने कलाकारको स्वागतको लागि आयोजक संस्था सुदुरपश्चिमेली नेपाली समाज कुवेतले कुवेतवासी नेपाली समुदायलाइ  एयरपोर्टमा उपस्थित हुन अनुरोध गरेको छ । समाजले आफ्नो पहिलो अधिवेशन तथा दोश्रो वार्षिक उत्सवको अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ सांगीतिक मनोरञ्जन प्रदान गर्न लागेको हो ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिवेशनको अवसर पारेर नेपालबाट अतिथि कालकारहरूलाइ कुवेत ल्याइ आयोजना गर्न लागेको “बृहत् सांस्कृतिक धमाका २०१९” यहि सेप्टेम्बर २० तारिख २०१९ शुक्रबारको दिन ब्वाइज स्काउट एसोशिएसन हवालीमा सो कार्यक्रम गर्न लागेको छ । समाजका अध्यक्ष अमर खड्काले तितोपाटी डट कम सँग कुरा गर्दै नेपालबाट आउने अतिथि कलाकारको भव्य स्वागतको लागि कुवेतमा कृयाशिल संघ सँस्था, समाजसेवी वुद्धिजीवि, पत्रकार, कलाकार, खेलाडी तथा कुवेतवासी सबैलाइ भोली साँझ ७ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भैदिन हार्दिक अनुरोध गरेका छन् ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित भइ सामाजिक सेवामा कृयाशिल सुदुरपश्चिमेली नेपाली समाज कुबेतले अतिथि कलाकारहरू ल्याएर सम्पन्न गरिने कार्यक्रमको आम्दानी पनि सामाजिक सेवाका कार्यमा नै खर्च गरिने यस अघि नै घोषणा गरिसकेको छ । यो कार्यक्रमको लागी सिटि एक्सप्रेस मनि ट्रान्सफर (City Express money Transfer) ले प्रायोजन  गरे को छ ।

सामाजिक र मानविय सेवाका कार्यमा कुवेतका अन्य संघ सँस्थाहरूसँग हातेमालो गरेर अघि बढिरहेको यस समाजले यस अघि पनि कुवेतमा कार्यरत नेपालीको सुख, दुःखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहाय तथा दैविक एवं प्राकृतिक विपतमा परेकाहरुको लागि पनि उल्लेख्य सहयोग गर्दै आएको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेतमा आवद्ध नेपालीहरूले प्रवासमा कार्यरत भएर पनि  सुदुरपश्चिमको कला र संस्कृतिको संरक्षण तथा सम्वर्धनको लागि सघाउ होस भनि समय समयमा सुदुरपश्चिमको माैलिकता झल्किने सांस्कृतिक प्रस्तुतिहरू समेत पस्कंदै आएको छ ।

 कार्यक्रमको विवरण

स्थान : boys Scout Association Hall
Beirut street block 10 Hawali

मिति: २० सेप्टेम्बर २०१९ शुक्रबार ।

समय: ११ बजेदेखि

कार्यक्रम: दोस्रो वार्षिकोत्सब तथा अधिबेशन
बृहत् सांस्कृतिक धमाका २०१९

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत

सम्पर्कः राजन बम – 60021699, अमर खड्का – 50661174, भिम रावत – 99027450, मान बहादुर बलायर – 66423096 र निरूमाया खड्का – 60686438


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...