Monday 17th August 2026

घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि सिफारिश लिन आउन नेपाली राजदुतावास कुवेतको आव्हान


तितोपाटी – नेपाली राजदूतावास कुवेतले नेपाल छुट्टीमा गइ पुनः सोही रोजगारीमा आउन चाहने घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि आवश्यक पर्ने कार्यरत देशको राजदूतावासको शिफारिश दिने भएको छ । नेपाली राजदूतावास कुवेतले आज ३१ भदाै अर्थात १७ सप्टेम्बर २०१९ को दिन एक सूचना जारी गरि घरविदामा जान चाहने घरेलु कामदारले श्रम स्वीकृति नविकरणको सिफारिश पत्रको लागि आवश्यक कागजात सहिज नेपाली राजदूतावास कुवेतमा उपस्थित हुन सबैमा अनुरोध गरेको छ ।

नेपाली राजदूतावास कुवेतद्वारा जारी सूचनामा जनाइए अनुसार घर विदामा गइ पुनः सोही काममा आउन चाहने घरेलु कामदारहरूले विभिन्न ४ प्रकारका कागजातहरू पेश गरेपछि नेपाली राजदूतावास कुवेतबाट शिफारिश प्रदान गरिने जनाएको छ । जस अनुसार

१. घरेलु कामदारको रूपमा श्रम स्वीकृति लिइ कुवेतमा आएको पुष्टि गर्एने निस्सा वा प्रमाण ।

२. विदामा स्वदेश गइ पुनः वैदेशिक रोजगारीमा साविककै रोजगारदाताकोमा आउने सुनिश्चित भएको सम्बन्धी कागजात ।

३. म्याद कायमा रहेको भिजा, राहदानी वा करार सम्झाैता ।

४. रोजगारदाताको सम्पर्क नं., गेगाना, राहदानी तथा नागरिक परिचयपत्र(Civil ID) को प्रतिलिपि । पेश गर्नु पर्ने जनाएको छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करिब २ हप्ता अगाडि खाडी तथा मलेशियाको रोजगारीमा गएका पुराना घरेलु कामदारको लागि एक पटकको लागि श्रम स्वीकृति नविकरणको इजाजत दिने निर्णय गरे पनि कुवेत स्थित नेपाली राजदूतावास कुवेतले परराष्ट्र मन्त्रालयबाट परिपत्र नआएको भनि अहिले सम्म श्रम स्वीकृति नविकरणको लागि सिफारिश पत्र दिएको थिएन ।

नेपाली राजदूतावासको सूचनामा जनाइए अनुसार हिँजो भदाै ३० गते अर्था १६ सेप्टेम्बरको दिन नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट परिपत्र भइ आए बमोजिम विगतमा वैदेशिक रोजगारीमा गइ  पुनः सोही रोजगारदाताकोमा फर्किन चाहनेहरूका लागि मात्र अस्थायी रूपमा दिइने पुनः श्रम स्वीकृतिको लागि दूतावासले यो सिफारिश पत्र प्रदान गर्न लागेको हो ।

स्मरण रहोस नेपाल सरकारले पुराना घरेलु कामदारलाइ एक पटकको लागि श्रम स्वीकृति नविकरणको अवसर दिने निर्णय गरेपछि खाडीका अन्य राष्ट्रहरू र मलेसियाले समेतले केहि दिन अघि देखि नै सिफारिश दिन शुरू गरिसकेका छन् । सानो मुलुक भए पनि राम्रो कमाइ हुने मुलुकको रूपमा रहेको खाडीको राष्ट्र कुवेतमा देश सानो भए पनि धेरै नेपालीहरू घरेलु कामदारको रूपमा कार्यरत छन् । नेपाल सरकारले एक पटकको लागि मात्र अवसरको रूपमा दिएको श्रम स्वीकृतिको नवकरणमा नेपालबाट श्रम गरेर वैदेशिक रोजगारीमा पसेकाहरूले मात्र सेवा पाउने भएकोले नेपालबाट श्रम नगरी भारत लगायतका मुलुकबाट अवैधानिक प्रकृयाबाट विदेशमा अाएका घरेलु कामदारहरू यो सुविधाबाट बञ्चित रहनेछन् । यस अर्थमा कुवेतमा कार्यरत कतिपय घरेलु कामदारहरू भारतको बाटो हुँदै वा नेपालबाट नै आएको भए पनि श्रम नगरी सेटिङमा आएकाहरूले यो पटके श्रम स्वीकृतिको नविकरण सेवा प्राप्त गर्न सक्ने छैनन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ठूलो मात्रामा घटाउन पेन्टागनलाई निर्देशन दिएको बताएका छन्।…

-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो…

जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४०…

प्रतिकृयाहरू
...