Wednesday 25th March 2026

सर्लाहीमा नक्कली तमसुक बनाएर करोड भन्दा बढि ठग्न खोज्ने पक्राउ


तितोपाटी – ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीमा एक जनालाइ पक्राउ गरिएको छ । सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको हो । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गर्ने गरेको समाचार मिडियामा अाएपछि प्रहरीले कलवारलाइ पक्राउ गरेको हो ।
कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर ७ करोडभन्दा बढीको  तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन् ।

– अन्नपुर्णपोष्टबाट साभार


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...