Tuesday 14th April 2026

मंगलमा हेलिकप्टर


तोयानाथ उपेक्षित – मंगल ग्रहमा नासाका बैज्ञानिकहरुले हेलिकप्टर पठाउने एक महत्वाकांक्षी योजना बनाएका छन । आगामी सन २०२० को जुलाईमा पठाईने रकेटले उक्त हेलिकप्टर लिएर जाने भएको छ ।

बैज्ञानिकहरुले मंगलमा मानिस पठाउँनु पूर्व पठाउँन लागेको हेलिकप्टरले यदि त्यहाँ उडान भरेमा पृथ्वी भन्दा बाहिरको ग्रहमा उडान भर्ने यो नै पहिले विमान हुने छ । उनीहरुले भनेका छन यदि त्यसो हुन सकेन भने पनि यसले आगामी दिनमा पठाईने यानको लागि मार्गदर्शन गर्ने र सूचनाहरु पठाउँने जस्ता महत्वपूर्ण कार्य गर्ने छ ।

मंगल को जेजेर क्रेटरमा अवतरण गरिने यो प्रयास सफल भएमा मंगलमा भएको पानी खोज्न निक्कै सहयोगी हुनेछ भने आज सम्म कहिले पनि प्राप्त गर्न नसकेका अनेकन दृष्य यसबाट लिईनेछ । यसपटक जुलाईमा प्रक्षेपण गरिने रकेट ले मंगलमा १८ फेब्रवरी २०२१ मा त्यहाँ अवतरण हुनेछ ।
मंगलमा यसअघि प्रक्षेपण गरिएका क्युरोसिटी र अर्पचुनिटी जस्ता यानको त्यहाँ मृत्यु भईसकेको विश्वास छ ।
श्रोतः नासा


सम्बन्धित शीर्षकहरु

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

पाकिस्तानको इस्लामाबादमा अमेरिका र ईरानबीच भएको उच्चस्तरीय वार्ता प्रमुख विवादका विषयमा सहमति जुट्न नसक्दा सम्झौताविना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति…

काठमाडौं, चैत २२ — पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले आधिकारिक सामाजिक…

प्रतिकृयाहरू
...