Saturday 15th November 2025

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराई एकाबिहानै किन देउवालाइ भेट्न गए ?


तितोपाटी – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए ।

सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि पुगेका हुन् ।

भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताए ।

आफूले जानकारी गराउँदै गर्दा देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताए ।


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...