Friday 27th March 2026

तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने पक्राउ


तितोपाटी- तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गंगा गाउँपालिका–३ घर भई जोरपाटी बस्ने ३४ वर्षीय हर्कबहादुर तामाङ छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली जोरपाटीबाट बुधबार पक्राउ गरेका हो। उनले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तान पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका थिए। सेक्युरेटी गार्डमा मासिक १२ सय अमेरिकी डलर तलव हुने आश्वासन देखाएर उनले रकम लिएर ठगी गरेका थिए। रकम लिएपछि सम्पर्कबिहिन भएका उनलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

तामाङ अहिलेसम्म ४ जनाबाट ३ लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। पक्राउ परेका तामाङ गाडी चालक हुन्।
साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...