Monday 13th October 2025

भारतका पूर्व वित्त मन्त्री जेटलीको निधन


तितोपाटी- पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ। शनिवार दिउँसो एम्स अस्पतालमा उनको निधन भएको हो।

श्वास प्रश्वास असजिलो भएपछि गत ९ अगस्तमा जेटलीलाइ एम्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालले भोलिपल्ट उनको स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन सार्वजानिक गरेको थियो। जसमा अतिसघना कक्षमा उपचार भइरहेको तर जेटलीको स्वास्थ्य अवस्था नाजुक तर स्थिर रहेको बताइएको थियो। त्यसयता एम्सले कुनै मेडिकल बुलेटिन सार्वजानिक गरेको थिएन।१७ अगस्टदेखि उनलाइ लाइफ सपोर्ट सिस्टममा राखिएको थियो। गत सोमबार दिउँसो उनलाई भेन्टिलेटरबाट पनि हटाइएको थियो।

उनको उपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकको समूह सहभागी थियो। ६६ वर्षीय जेटलीका श्रीमती संगीता, एक छोरा (रोहण) तथा छोरी सोनाली छन्।संगीतासँग उनको विवाह सन् १९८२मा भएको थियो। उनी जम्मु–कश्मीरका पूर्व वित्त मन्त्री गिरधारीलाल डोगराकी छोरी हुन्।बीजेपीका नेता उनी सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री थिए। उनले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हालेका थिए।

भारतको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्तासमेत रहेका उनले स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा क्याबिनेटमा नजाने घोषणा गरेका थिए।

के भएको थियो जेटलीलाई ?

मोदी सरकारको पहिलो कार्यकालमा प्रभावशाली मानिएका वित्त मन्त्री जेटली तीन चार रोगले ग्रसित थिए। पछिल्लो समय जेटली सफ्ट टिशु सरकोमा बिरामीबाट पिडित भए।गत जनबरीमा उनको यो रोग पत्ता लागेको थियो। यो एक प्रकारको दुर्लभ क्यान्सर हो। यो क्यान्सर शरीरको कुनै पनि भागको कोशिकाबाट सुरु हुँदै शरीरको अन्य भाग जस्तै मांसपेशी, बोसो, रक्तनली, मस्तिष्कका नशा र हड्डीहरुको जोडमा फैलिन थाल्छ।

जेटलीको देब्रे खुट्टामा यो क्यान्सर पत्ता लागको थियो। लगत्तै उनी उपचारकालागि अमेरिका(न्यूयोर्क) पनि गएका थिए।जेटली मधुमेहका पनि बिरामी थिए। गत वर्ष (१४मे २०१८) मा एम्स अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसअघि सेप्टेम्बर २०१४ मा जेटलीको बारिएट्रिक सर्जरी पनि भएको थियो। म्याक्स अस्पतालमा गरिएको शल्यक्रियामा जटिलता आएपछि पछि उनलाई एम्समा सारिएको थियो। त्यसैगरी लामो समय अघि जेटलीको मुटुको शल्यक्रिया पनि भइसकेको छ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...