Saturday 21st March 2026

रबी जिन्दावाद ! कसैलाई केही भन्नु छ ?


तोयानाथ उपेक्षित – शालिकराम पुडासैनीले आत्माहत्या गरे । यो समस्या होईन यो त अपराध हो । यदि कोही मर्न खोज्दा बाँच्यो भने त्यो ज्यान मार्ने उधोगमा सजायको भागी हुन्छ कानूनले यही भन्छ ।

आफैले आफुलाई अपराध गरेर अरुलाई दोष दिनु थप अर्को अपराध हो । जसलाई पुष्टि गर्ने हिम्मत देखाउन नसक्नु बरु आफैलाई सिद्धयाउनुले उसको दायित्व पुरा हुदैन । कानून कसैको अपुष्ट आरोप वा भावना वा सम्भाव्यताबाट निश्कर्षमा पुग्दैन । कानूनको आँखामा पट्टी बाँधेको पनि त्यसैले हो जहाँ आँखाले होईन प्रमाणले पुष्टि हुन पर्दछ । विवेकले देखिनु पर्दछ भन्ने नै हो । मरेर जानेले लगाएको आरोप सत्य हुन्छ भन्ने दिल निशानी मगर र मुकुन्द घिमिरेको विवेकमा सहि होला तर कानूनले त्यसलाई मान्यता दिदैन ।

जुन देशमा स्वच्छिक देह त्याग गर्न पाउने कानून छ त्यहाँ पनि निश्चित मापदण्ड हुन्छन । मर्न मन लाग्यो भनेर मर्न पाउने छुट हुन्न अनि त्यसरी मर्दै गर्दा अरुमाथि आरोप थोपर्न त झन पाउदै पाईन्न । कोही कसैले अपराध गरेको आरोप लगाउछ भने कानूनत प्रमाण को भार उसैमाथि रहन्छ । तर मरेर जानेले त्यो भार आफै बोकेपछि अरुले निमित्त बन्ने कुरा आउदैन । कोही कसैले अख्तियार लिएको पनि हुदैन । शालिकरामले मजबुरीमा बोलेका हुन भने त्यो अनुसन्धानको अर्को पाटो हो । उनलाई त्यस्तो बाध्यतामा पारेर बोल्न लगाईयो की भन्ने कुराको पनि शंका रहित तवरले पुष्टि हुन जरुरी हुन्छ । प्रहरीले एक्सपर्टहरूको प्रयोग गरेर त्यसको भेरीफिकेसन गर्न सक्छ । रबी लाई सिद्ध्याउनु पर्दछ मौका यही हो भन्ने हरुको कुनै कमी छैन । जनताको नजरमा अपराधीहरु पुडासैनीको भिडियोबाट उत्साहित छन र यो मौकालाई सदुपयोग गर्न हरतरहले लागेका छन । भगवानको दैलोमा निसाफ ढिलो हुन सक्छ तर न्याय मर्दैन भन्ने कुरामा म चाही आशावादी छु । रबी मुलुकको भार होईन भर हो । त्यही विश्वासले यतिबेला म उनको समर्थनमा लेख्दैछु ।

शालिकराम आफैले डिप्रेशनको विमारी भएको बोलेका छन् । यो रोग हो । आत्माहत्या त्यस विमारको अन्तिम रुप हो । डिप्रेसन उनको आफ्नो व्याक्तिगत कमजोरीको कारणले हुने कुरा हो । तलब थोरै थियो भन्दै रुदै गिडगिडाउने उनी श्रीमतीलाई करोडौ को सम्पती भएको बताउँछन र सुझाउँछन यो गर त्यो गर भनेर । दाजुभाइलाई खबरदारी गर्दछन यो उनको पश्चताप अभिव्यक्ति हो । यसको मतलब उनले पेशा त्यागेर पनि सहज जीवनयापन गर्न सक्दथे भन्ने देखिने कुरा हो । तलब कमी भएका कारण बाँच्न सक्ने विकल्प नभएर मरेका हुन की भन्ने कुरालाई पुष्ट्यिाई गर्ने कोशिष हो भन्ने शंकाको सुविधा दिदैन ।

श्रीमतीलाई दिएको धोका र शहरको रमझममा बनाएकी गर्लफ्रेण्डको डिमाण्ड पुरा गरेर खुशी बनाउन नसक्ने नामर्दपनले उत्पादन गरेको रोगबाट लिएको मर्ने फैसला किन पनि जाहेज छैन भने उनले कलंकपूर्ण आरोप रबीलाई लगाएर गए । बाइस तेईस बर्षकी श्रीमतीलाई धोका दिएर गर्लफ्रेण्डलाई पनि खुशी पार्न नसक्नु र आफै डिप्रेसनको शिकार हुनु चाही के जाहेज हो ? कमजोर मनस्थिति भएर आत्माहत्या गरेको अबस्थामा अरुलाई दोष दिनु जालझेल हो । डिप्रेशनको कारण आफै अपराधबोध गरेर उनले गरेको सुसाईड हो भने त्यसको जिम्मा अरुले लिन पर्दछ भन्ने कुतर्क गर्नेहरु लाई पनि बेलैमा आफ्नो स्वास्थ्य जाँच गर्ने सल्लाह दिनु भन्दा अरु केही नभनौ ।

यो सहज अनुमान लगाउने कुरा हो । उनले केही समयअघि सम्म हिमालय टिभीमा गर्दैगर्दा बोलेका छन । त्यसको भिडियो पनि सार्वजनिक भएकै छ । जहाँ रबीको उच्च प्रशंसा मात्रै गरेका छैनन । रबीलाई गुरुको रुपमा सम्मान पनि गरेका छन । रबीलाई पुडासैनीको मृत्युको कारण भन्दै उफ्रनेले त्यो हेरुन र भनुन पुडासैनी त्यतिवेला बौलाएका थिए । रबीले पनि खुल्ला चुनौती दिएर बोलेका कुरा सवैले सुनेकै होलान । उनले कसैसँग समाचारलाई हतियार बनाएर वा अरु कुनै तरिकाले अबैध सम्पती आर्जन गरेको भए वा एक पैसा लिएको भए एक मिनट पनि टेलिभिजनमा अनुहार देखाउने छैन भनेका छन । बरु पुडासैनीको भिडियो टेपलाई सत्य ठानेर रबीलाई दोषी देख्नेले यही मौकामा पुष्टी गरेर देखाउन र रबीलाई टेलिभिजनको पर्दामा आउन सधैका लागि रोकुन। छ कोही यति गर्न सक्ने ? उनको पत्रकारिताको अध्यायलाई समाप्त पार्न खोज्नेहरुको चाहना पुरा गर्ने यो अवसर हो मेरो विनम्र आग्रह छ यो, त्यो पुरा गरुन ।

आरोप लगाउनेहरुसँग चुनौतीको सामना गर्ने साहस पनि हुनु पर्दछ र क्षमता पनि । भुक्नलाई देशभरी लाखौ कुकुरहरु छन कुकुरको काम मान्छे हुँ भन्नेले गरेको शोभा दिदैन । हो म रबी को अन्धभक्त नै हुँ किन की जहाँ विश्वास हुन्छ त्यहाँ मानिस अन्धो नै हुन्छ । मलाई रबी माथि अझै उतिकै विश्वास छ जति पुडासैनी मर्नु अगाडी थियो । मेरो आँखा खोलेर मलाई दृष्टि भक्त बनाई देउ प्रभु जसले रबीलाई अपराधी हो भनेर पुष्टि गर्ने काम गरोस ।

आत्माहत्याको तत्कालिन कारण जे भए पनि त्यो सवै भ्रम हो । महिनौ पुरानो मानसिक रोग आत्माहत्याको मुख्य कारण हुन्छ । तत्कालिन कारणका रुपमा देखाईएका आरोपहरु मृत्युको कारण हुन सक्दैनन यो मेडिकल साईन्सका विधार्थीले भन्ने कुरा हो । मलाई त्यसमा विश्वास छ । अर्को एउटा मान्यता के पनि छ भने आत्माहत्या गर्ने मानिसले अरुलाई आरोप सित्तिमिती लगाउदैन । जो आफैमा अपराधबोधबाट ग्रस्त छ उसलाई मृत्युपछि समाजले थुक्ने डर छ उसले त्यो अवस्थाको आकलन मृत्युलाई अनेक कारणका रुपमा ढाकछोप गर्दछ । पुडासैनीले गरेका त्यही हुन ।

प्रहरीले पुडासैनीको परिवारबाट रबी र उनले आरोप लगाएका अरुबाट आरोप सहितको किटानी जाहेरीको अपेक्षा गरेको भन्ने कुरा जहाँ सम्म छ त्यसो नहोला । एउटा देशभक्त जसले देशका तस्कर, दलाल र भ्रष्टहरुको विरुद्धमा आवाज उठाउँदै आएको छ । जसले पापी र अत्याचारीको सातो उडाउँदै आएको छ । जसले सयौको उद्धार गरेको छ, हजारौको ढुकढुकी र आवाज बनेको छ उसलाई पुडासैनीको डिप्रेसनको दिमागले, रोगको भयले ठहर गरेको अनुमानले रबीको आवाजलाई कदापी बन्द गर्न सक्दैन । रबीको साहासलाइ गिराउने र उनको अभियानलाई मास्ने, मनोवल गिराउने काममा पुडासैनीको परिवारले गर्ने छैन । मृतकको विवेकले उनको परिवारको विवेकलाई भावनात्मक व्लाकमेल गर्ने छैन । रबी जिन्दावाद ! कसैको केही भन्नु छ ?


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...