Tuesday 7th April 2026

नारी लाई कसरी बुझ्ने ?


-रन्जीता भट्टराई
जहाँ पनि सुन्दरता शव्द जोडिएको हुन्छ त्यहाँ नारीको आभाष हुन्छ । यो भनौ की सुन्दरता शव्द नै स्त्री लिंङ्गी शव्द हो । जहाँ प्रकृतिले नारीलाई चिनाउँछ । प्रकृति भन्नासाथ सवै किसिमको सुन्दरता जोडिएर आउछ । सुन्दरताको परिभाषा सरल तरिकाले दिईन्छ तर बुझ्ने हो भने यसको महत्व विशाल छ । जसलाई शव्दमा त के भावमा समेत बयान गर्न सकिन्न ।

रुप सुन्दर हुनु , सुन्दर पहिरन, सुन्दर श्रृंगार वा सुन्दर आँखा र आर्कषण सम्पती आर्जन गर्ने सुन्दरता होईन । महिला पुरुष दुवैमा सुन्दर मन, सुन्दर भावना, सुन्दर हेराई र सकरात्मक सोचाई हुन पर्दछ । यही रुप एउटा असल नारीको बास्तविक सुन्दता हो ।

नारी, छोरी, घरकी सौभाग्य आमा, श्रीमति, गृहलक्ष्मी आदी, विभिन्न विश्लेषण ले विभूषित छन महिलाहरु । यतिमात्र कहाँ होर ? आजका नारीहरु ले कर्मक्षेत्रमा पनि ठुलो पद अहोदा प्राप्त गरेर कार्यलय चलाउन सक्षम छन । राजनैतिक, सामाजिक, आर्थिक, गैह- सहकारी संघ संस्था सवैमा संलघ्न छन नारीहरु । जन्म देखि मृत्युसम्म एक पछि अर्को काम गर्दछन नारीहरु । दैनिक आवश्यकताको काम देखि आफ्नो, धन , मान, मर्यादा, सफलता, असफलता लगायत सवैजसो कुरामा नारीको सिधा हात हुन्छ । यसरी विभिन्न भूमिका निर्वाह गर्ने नारी शव्द र त्यसको अपरिहार्यता शव्दमा बर्णन गर्न समेत गाहो छ ।

छोरी, बुहारी, श्रीमति, आमा र सासुको भूमिकामा काम गर्दै साहासका साथ परिवार, समाज र सिंगो मुलुकमा उनीहरुले दिएको प्रत्यक्ष वा परोक्ष योगदान का विम्ब हो नारी शव्द ।

यसरी असल र सफल नारीको रुपमा चिनाउने एक मात्र सुत्र हो सकरात्मक सोच । यही सकरात्मक सोचका कारण नारी शव्द महान शव्द हो भन्दा मलाई गर्व महसुस हुन्छ ।

आफ्नो कर्ममा विश्वास राख्ने नारीले कहिले पनि आफ्नो कर्तव्यलाई छाडदिन भन्ने बुझ्न गाहो हुन्न । अन्तमा यति भनौ हामी मानव जति एक विवेकशिल प्राणी भएका ले नारी शव्दको सम्मान गरौ । आफूलाई विवेकशिल प्राणी हो भन्ने परिचय दिन लायक काम गरौ, सकरात्मक सोच को विकाश गरौ । नारी को सम्मान नगर्नेले दुनियामा कसैको सम्मान गर्न सक्दैन भन्ने भूल्न हुदैन ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...