Sunday 22nd March 2026

रोजगारीका लागि विदेश गएका श्रीमानका नेपालमा श्रीमती हराउने क्रम बढ्दै


तितोपाटी- श्रीमान वैदेशिक रोजगारीमा गएका महिला हराउने क्रम बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले एक प्रतिवेदनले उल्लेख गरेको छ। आयोगको मानव बेचबिखन सम्बन्धी प्रतिवेदन-२०७६ अनुसार श्रीमान विदेश गएका महिला बेचविखनमा समेत पर्ने गरेको उल्लेख गरेको छ।

यस्ता महिला भारत र अन्य मुलुकमा बेचविखनमा पर्ने भएकाले हराउने क्रम बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ।गुल्मीमा महिला हराउने क्रम बढ्दैआयोगको अध्ययन प्रतिवेदन अनुसार गुल्मी जिल्लामा ठूलो संख्याका श्रीमान विदेश भएका महिलाहरु हराएको अध्ययन प्रतिवेदनले देखाएको छ। हराउने महिलामध्ये १६ वर्षदेखि २५ वर्ष उमेर भित्रका छन्।

वैदेशिक रोजगारमा जाने महिला कामदारका सम्बन्धमा काम गर्दै आएको पौरखी नेपालको अध्ययनलाई समेत समेटेर आयोगले प्रतिवेदन प्रकाशन गरेको हो। पौरखी नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती एक्लै बस्नु पर्ने बाध्यता रहने, घरपरिवार एक्लै सम्हाल्नु पर्ने बाध्यताका कारण पनि यस्ता खालका समस्या सिर्जना हुने गरेको छ।

त्यस्तै पुरुषप्रधान संरचना भएकाले अरु मानिससँग हिँड्दा बोल्दा महिलामाथि लगाइने आरोप र हिंसाका हुने गरेको पाइएको छ। यसै क्रममा असुरक्षित बसाईसराई हुन सक्ने, बालबालिकाको शिक्षा, स्वास्थ्यको पहुँच, घरेलु तथा सामाजिक हिंसा तथा लाञ्छना पनि त्यस्ता महिलाले खेप्दै आएको अध्ययनमा भनिएको छ। साथसाथै, समाजको कुरा सुनेर श्रीमानले छाड्ने, समाजबाट बहिष्कृत हुने, घरेलु हिंसामा पर्ने र डिप्रेसनमा जानसक्ने सम्भावना पनि बढ्दै गएको पाइएको छ।

आर्थिक वर्ष २०७४/२०७५ को ८ महिनामा गुल्मीबाट ६८ महिला हराएका छन् भने तीमध्ये ५४ जना अझै पत्ता लाग्न नसकेको पाइएको छ।हराएकामध्ये श्रीमान वैदेशिक रोजगारीमा रहेका र हराएका महिलाको खबर नपाउनुमा उनीहरू बेचबिखनमा परेका हुन सक्ने आयोगले ठहर गरेको छ।

१५ प्रतिशत नेपाली खाडीमा
रेमिट्यान्सले धानेको देश नेपालका सन्दर्भमा रोजगारीको सिलसिलामा दैनिक १ हजारभन्दा बढी युवा विश्वका विभिन्न मुलुकमा पुग्ने गरेका छन्।नेपालको कुल जनसङ्ख्याको लगभग १५ प्रतिशत मानिसहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको केन्द्रिय तथ्यांक विभागको तथ्यांकले देखाउँछ। सन् २०११ को जनगणना अनुसार घरमा उपस्थित नभएकाहरुको संख्या १९ लाख २१ हजार ४ सय ९४ छ। जुन संख्या वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेको आयोगले औँल्याएको छ।

साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...