Wednesday 26th August 2026

लिबियामा सेनाको हवाइ आक्रमणमा परी ४२ जनाको मृत्यु


तितोपाटी – लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार आक्रमणबारे जानकारी दिएका हुन् । उनीहरुका अनुसार सरकारी सैनिकको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।

नगरपालिकामा कार्यरत एकजना सरकारी अधिकारी इब्राहिम ओमरले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग भने, ‘आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।’ घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...