Monday 24th June 2024

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनआइसीसी सचिवको उपस्थितिमा भव्यरूपमा सम्पन्न


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन भब्य रूपमा सम्पन्न भएको छ । कुवेत सिटी स्थित INN & GO Kuwait Plaza Hotel को सभा हलमा आज शुक्रबार आयोजित महाधिवेशन एक समारोह विच सुजन केसिको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै सम्पन्न भएको हो ।

एनसीसी कुवेतकी कार्यवाहक अध्यक्ष तथा महाधिवेशन कार्यक्रम संयोजक सुमित्रा देवी पाैडेलको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव डिबी क्षेत्री, गैरआवासीय नेपाली संघका मध्यपुर्व संयोजक आरके शर्मा तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य राजु सैयदको विशिष्ट अतिथ्यता, पुर्व अध्यक्षहरू राजेन्द् तामाङ, अर्जुन तामाङ र आइसीसी सदस्य अमित राइको विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार, बुद्धिजीवि, समाजसेवी, खेलाडी,साहित्यकार, खेलाडी लगायत महाधिवेशन प्रतिनीधिको रूपमा रहेका पञ्जिकृत सदस्यहरूको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

हलमा उपस्थित महाधिवेशन प्रतिनीधिहरूको रोहबरमा राष्ट्रिय समन्वय परिषदको विधान समेत संशोधन गरिएको उक्त कार्यक्रम दीप प्रज्वलन गरेर शुरू भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, विशिष्ट अतिथिहरू आइसीसी सचिव डिबी क्षेत्री, मध्यपुर्व संयोजक आरके शर्मा, आइसीसी सदस्य राजु सैयद, आइसीसी सदस्य अमित राइ, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्याैपाने, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, वुद्धिजीवि तोयानाथ दाहाल, प्रवासी नेपाली एकता मञ्चका राज कुमार थापा, नेपली जन-सम्पर्क समितिका माधव शर्मा तथा समाजवादी पार्टीका निर्मल स्याङतानले मन्तव्य राखेका थिए । वक्ताहरूले गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि अहिले सम्म आइपुग्दा प्राप्त गरेका उपलब्धी तथा आगामी दिनमा चुनाैतीका रूपमा रहेका विषयवस्तुलाइ कसरी सम्बोधन गर्दै श्रमिक हक हित अनुकुल बनाउँदै लैजाने भन्ने विषयमा आ-आफ्ना विचारहरू राखेका थिए ।

एनसीसीका पुर्व अध्यक्ष तथा संरक्षक राजेन्द्र तामाङको स्वागत तथा निवर्तमान महासचिव तथा नव निर्वाचित प्रथम उपाध्यक्ष हरि लावती र पुर्व  आइसीसी सदस्य तथा नवनिर्वाचित एनसीसी अध्यक्ष सुजन केसिको  संयुक्त संचालनमा सम्पन्न छैटाैं राष्ट्रिय महाधिवेशनमा महासचिव हरि लावतीले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष हर्क बहादुर मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पछिल्ला महाधिवेशनहरू भन्दा भिन्न किसिमको यस पटकको महाधिवेशनमा उपस्थित महाधिवेशन प्रतिनीधि एवं पाहुनाहरूको उपस्थिति शुरूदेखि अन्त्यसम्म उत्तिकै उत्साहजनक र शिष्टपुर्ण रहेको थियो ।

उद्घाटन सत्र र निर्वाचन सत्र गरि दुइ चरणमा विभाजित कार्यक्रममा उद्घाटन सत्रलाइ कार्यक्रमकी सभाध्यक्षले समापन गरे लगत्तै शिब प्रसाद कोइरालाको नेतृत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यकालको लागि सर्व सम्मतिले निर्वाचित भएका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरूको नाम घोषणा गरी निर्वाचन समितिको तर्फबाट खादा र प्रमाण पत्र प्रदान गरिएको थियो भने नव निर्वाचित पदाधिकारीहरूलाइ मध्यपुर्व संयोजक आरके शर्माले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

कुवतेबाट आइसीसी सदस्यको लागि अमित राइ निर्विरोध निर्वाचित भएका छन् भने एनसीसी कुवेतको आगामी कार्यकालको लागि उपाध्यक्ष पद बाहेक सम्पुर्ण पदहरूमा पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए भने उपाध्यक्ष पदको एक सिटको लागि ३ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिए पछि बाँकी रहेका २ जना बिच १-१ वर्षे कार्यकाल काम गर्न सहमति भएपछि निर्वाचन समितिले गोलाप्रथाद्वारा पहिलो वर्ष काम गर्ने र पछिल्लो वर्ष काम गर्ने उपाध्यक्ष चुनेको थियो ।

छैटाैं राष्ट्रिय महाधिवेशन बाट २०१९-२०२१ कार्यकालको लागि नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छ ः

आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः होम नाथ गिरी (पहिलो १ वर्ष), राणा ध्वज लामा(पछिल्लो १ वर्ष)
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई

सदस्यहरु

उमेश पुडासैनी
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गोविन्द न्यौपाने


सम्बन्धित शीर्षकहरु

जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका वहालवाला मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध एक भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी…

पुष्कर अथक रेग्मी - शोककाव्य कृष्णचन्द्र (२०५६) उपन्यास उर्वरा मरूभूमि (२०६९), खण्डकाव्य मेरो पाल्पा तानसेन (२०७४), शोक काव्य आमाको सम्झना…

प्रतिकृयाहरू
...