Sunday 31st May 2026

एनआरएन छाता संगठन होईन – डिबी क्षेत्री


तोयानाथ दाहाल – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन  सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।

आगामी दुई वर्षे कार्यकाल २०१९ देखि २०२१ का लागि अध्यक्षमा चुनिएका केसी एनआरएनका संस्थापक सचिव, महासचिव हुदै आईसीसी सदस्यका रुपमा दुई कार्यकाल काम गरिसकेका व्यक्तित्व हुन । यसरी नै आईसीसी प्रतिनिधीका रुपमा पूर्ववत सदस्य अमित राई चाम्लिङ दोहाेरिएका छन् । यसरी नै निर्वतमान महासचिव हरी लावती उपाध्यक्षमा चुनिएका छन । एनसीसी कुवेतको संगठानिक ढाँचालाई हेर्दा समावेसी, सन्तुलित र पुराना नयाँ प्रतिनिधीहरु बीचको संयोजन भएको देखिन्छ । अधिवेशन निक्कै उत्साह र उल्लासमय बातावरणमा भयो । अधिकांश नयाँ चेहराहरुले कार्यक्रम हल भरिभराउ रहेको थियो । सभ्य र भव्य अधिवेशन यसअधि यसरी कहिल्यै पनि कुवेतमा हुनसकेको थिएन ।

विशिष्ठ अतिथीको रुपमा बोल्दै केन्द्रिय सचिव डिबी क्षेत्री ले एनआरएनलाई छाता संगठन भन्ने भ्रमबाट मुक्त भएर यसलाई प्रवासी नेपालीहरुको चौतारोको रुपमा बुझ्न आग्रह गरेका थिए । एनआरएन धनीहरुको संगठन हो भन्ने बुझाई गलत भएको भन्दै उनले अरबौ संपती भएपनि एक पैसा दान नगर्ने भन्दा तपाई हामी केही नभएर पनि पाँच केडी दान दिने मानिस नै धनी भएको उनको तर्क थियो । कुवेतले त एनआरएन विर्सनै नसक्ने भन्दै एनआरएन नभए डोल्मा के हुने थिईन ? क्षेत्रीको प्रतिप्रश्न थियो । एनआरएन ले गरेन भनेर किनारामा बसेर ढुंगा हान्ने झन ठुला दोषी भएकाले भित्र पसेर काम गर्न सवैलाई उनले आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले एनआरएन सँग सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए । अधिवेशनलाई मध्यपूर्व संयोजक आरके शर्मा, एनआरएन अभियान्त राजु शैयद लगायत विभिन्न व्यात्तित्वहरुले सम्बोधन गरेका थिए ।

शिव प्रसाद कोईरालाको नेतृत्वमा रहेको निर्वाचन समितीले एनआरएन कुवेतको छैठौ कार्यकालका लागि सौहाद्रतापूर्वक निर्वाचन सम्पन्न गराएको हो । कुवेतमा एनआरएनका पंजीकृत सदस्यको संख्या ६५० को हाराहारीमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...