Sunday 17th May 2026

तीन पाना सुसाइड नोट लेख्दै डाक्टरले गरिन् आत्महत्या


विहीबार मुम्बई प्रहरीले बीवाईएल नायर अस्पतालकी २६ वर्षे पायल टाड्वीको सुसाइड नोट सार्वजनिक गरेको छ । उनले मे २२ को दिन आत्महत्या गरेकी थिइन् ।

आत्महत्याको आफूसँगै अध्ययनरत तीन चिकित्सक विद्यार्थीले दिएको मानसिक यातना, अपमान र दुरव्यवहार जिम्मेबार रहेको उनले नोटमा लेखेकी छिन् । तीन पानाको सुसाइड नोटमा हेमा अहुजा, भक्ति मेहर र अंकिता खण्डेवला आत्महत्याको लागि जिम्मेवार रहेको गम्भीर आरोप लगाइएको छ ।

‘मेरो र स्नेहाल सिन्दे (अर्की सहपाठी विद्यार्थी) को अवस्थाको लागि हेमा अहुजा, भक्ति मेहरे र अंकिता खण्डेलवालाई जिम्मेबार ठह¥याउँछु’, नोटमा लेखिएको छ ।

सीमान्तकृत समुदायकी ताड्वीको आत्महत्याले भारतीय चिकित्सिा क्षेत्र र भारतको ‘सेक्लुडेड कास्ट–सेक्लुडेड ट्राइब’ समुदायलाई स्तब्ध बनाएको थियो । ताड्वी महाराष्ट्रको सेक्लुडेड ट्राइबमा सूचीकृत ‘ताड्वी–भिल’ समुदायकी हुन् । ताड्वीले आत्महत्याको एक हप्तापछि उनको सुसाइड नोटमा उल्लेखित तीन महिलालाई पक्राउ गरिएको थियो ।

आमा–बुवालाई सम्बोधन गरिएको सुसाइड नोटमा ताड्वीले यातनाबाट छुटकारा पाउनको लागि उनले आफ्नो विभागबाट कुनै सहयोग नपाएको लेखेकी छिन् । पत्रमा लेखिएको छ, ‘म यस संस्थानमा ज्ञान आर्जनको आसा बोकेर आएकी थिएँ ।

तर शुरुदेखि नै यहाँ केही मानिसले हामीलाई दुर्व्यवहार गर्न थाले । यसबारेमा म र स्नेहालले शुरुमा कसैलाई केही भनेनौँ । तर यातना सहन नसक्ने स्तरमा बढेर गयो । मैले यातनाविरुद्ध कदम चाले तर त्यसले पनि कुनै परिणाम ल्याएन’, नोटमा भनिएको छ ।

‘मैले आफ्नो व्यक्तिगत जीवन, व्यवसायिक जीवन र सबै गुमाएको छु किनकी ती तीनले आफूहरु यस अस्पतालमा रहेसम्म मलाई पढ्न लेख्न नदिने कसम खाएको सुनाएका छन्’, ताड्वीको नोटमा उल्लेख छ ।

पत्रमा ती तीन जनाले आफूलाई पढ्नमा मात्र नभएर चिकित्सकीय अभ्यासमा पनि अवरोध पु¥याएको लेखेकी छिन् । यसबाट आफू मानसिक रुपमा प्रताडित रहेको ताड्वीले लेखेकी छिन् ।

‘मैले तिनको दुर्व्यवहारबारे म्याडमहरुसँग पनि कुरा राखेका छु तर त्यसले केही भएन । म अब सबै कुराको अन्त्यमा मात्र निकास देखिरहेको छु,’ नोटमा लेखिएको छ । प्रहरीले तयार पारेको अभियोगपत्रमा ताड्वीको सुसाइड नोटमा नाम उल्लेख भएको सिन्देको पनि वयान लेखिएको छ । सिन्देका अनुसार ताड्वीले आत्महत्या गर्नु अघिल्लो दिन ती तीन युवतीले उनको अपमान गरेका थिए ।

अस्पतालकी एक कर्मचारी मनिषा लावतीले आत्महत्याको तीन महिनाअघि आफ्नो अघि भएको एउटा घटनाबारे बताएको कुरा पनि प्रहरीको अभियोग पत्रमा उल्लेख छ ।

‘त्यस दिन ताड्वी वार्ड राउण्ड गरिरहेकी थिइन् । अहुजा त्यहाँ आइन् र ताड्वीको जातीतर्फ संकेत गर्दै दूरव्यहार गरिन् । अहुजाले ताड्वीतर्फ हेदैं ‘तँ बच्चा जन्माउन सक्दिनस् । तँ आफूलाई किन हाम्रो बराबारी उभ्याउन खोज्छस्,’ भनिन् ।’ लावतीले दिएको वयानमा उल्लेख छ ।

अभियोग पत्रमा सिन्देले सम्झना गरेको अर्को घटनको उल्लेख छ जहाँ अहुजाले ती दुई जना आरक्षणको कारणले मात्र पढ्न पाएको भन्दै गिज्याएकी थिइन् । जुलाई ३० मा बम्बई उच्च अदालतले ती तीन जनाको जमानतमाथि सुनुवाई गर्दैछ । तीमाथि आत्महत्या गर्न दुरुत्साहित गरेको आरोप लगाइएको छ ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...