Friday 23rd October 2026

एनसीसी कुवेतको निर्वाचन समितिद्वारा उम्मेद्वारहरूको अन्तिम सूची प्रकाशित


तितोपाटी – गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको  आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेद्वार सूचीमा ३१ जना उम्मेद्वारहरूको नामावली प्रकाशित भएको छ । निर्वाचन समिति समिति समक्ष गत जुलाइ २० तारिक ३२ जना उम्मेद्वारहरूले उम्मेदवारी घोषणा गरेका थिए ।

निर्वाचन समितिमा परेका उम्मेद्वारी मध्येमा अन्तर्राष्ट्रिय परिषदको सदस्य, राष्ट्रिय समन्वय परिषदको अध्यक्ष सहित जम्मा २७ सिटको लागि २७ जनाको नै उम्मेद्वारी परेको थियो भने उपाध्यक्ष पदको एक सिटको लागि ३ जना र युवा संयोजक पदको एक सिटको लागि २ जनाको उम्मेद्वारी परेको थियो ।

उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष र युवा संयोजक पद बाहेक अन्य पदमा आवश्यक सिट संख्या बराबर नै उम्मेद्वारी परेको थियो भने युवा संयोजक पदका २ जना प्रत्यासीहरू नबराज पराजुली र बुद्धिमान तामाङको उम्मेद्वारी परेकोमा बुद्धिमान तामाङले नबराज पराजुलीलाइ समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिइसकेका छन् ।

उपाध्यक्ष पदको एक सिटको लागि ३ जना उम्मेद्वारहरू उमेश पुडासैनी, होमनाथ गिरी र राणा ध्वज लामाको उम्मेद्वारी परेकोमा उम्मेद्वारहरूबिच हालसम्म पनि आपसी छलफल भैरहेकोले महाधिवेशन अगाबै नै उपाध्यक्ष पदको लागि पनि सहमति जुट्ने अनुमान गरिएको छ ।

निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम सूची यस प्रकार रहेको छः

आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई
सदस्यहरु
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गोविन्द न्यौपाने

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...