Sunday 14th June 2026

एनसीसी कुवेतको निर्वाचन समितिद्वारा उम्मेद्वारहरूको अन्तिम सूची प्रकाशित


तितोपाटी – गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको  आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेद्वार सूचीमा ३१ जना उम्मेद्वारहरूको नामावली प्रकाशित भएको छ । निर्वाचन समिति समिति समक्ष गत जुलाइ २० तारिक ३२ जना उम्मेद्वारहरूले उम्मेदवारी घोषणा गरेका थिए ।

निर्वाचन समितिमा परेका उम्मेद्वारी मध्येमा अन्तर्राष्ट्रिय परिषदको सदस्य, राष्ट्रिय समन्वय परिषदको अध्यक्ष सहित जम्मा २७ सिटको लागि २७ जनाको नै उम्मेद्वारी परेको थियो भने उपाध्यक्ष पदको एक सिटको लागि ३ जना र युवा संयोजक पदको एक सिटको लागि २ जनाको उम्मेद्वारी परेको थियो ।

उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष र युवा संयोजक पद बाहेक अन्य पदमा आवश्यक सिट संख्या बराबर नै उम्मेद्वारी परेको थियो भने युवा संयोजक पदका २ जना प्रत्यासीहरू नबराज पराजुली र बुद्धिमान तामाङको उम्मेद्वारी परेकोमा बुद्धिमान तामाङले नबराज पराजुलीलाइ समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिइसकेका छन् ।

उपाध्यक्ष पदको एक सिटको लागि ३ जना उम्मेद्वारहरू उमेश पुडासैनी, होमनाथ गिरी र राणा ध्वज लामाको उम्मेद्वारी परेकोमा उम्मेद्वारहरूबिच हालसम्म पनि आपसी छलफल भैरहेकोले महाधिवेशन अगाबै नै उपाध्यक्ष पदको लागि पनि सहमति जुट्ने अनुमान गरिएको छ ।

निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम सूची यस प्रकार रहेको छः

आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई
सदस्यहरु
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गोविन्द न्यौपाने

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

नेपालमा समस्या समाधानका लागि आयोग बनाउने र प्रतिवेदन तयार गर्ने काम धेरै हुन्छ, तर कार्यान्वयन भने दशकौँसम्म रोकिने गर्छ। जब…

प्रतिकृयाहरू
...