Saturday 20th December 2025

अफ्गानिस्तानमा सेनाको हवाइ आक्रमणमा परि ५० भन्दा बढी तालिवान लडाकुको मृत्यु


तितोपाटी – अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा ५० भन्दा बढी तालिवान लडाकुको मृत्यु भएको छ । तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताए । “गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो, घटनास्थलमा तालिवान लडाकूहरुको भेला चलिरहेको थियो,” उनले भने । घटनामा लडाकूहरुका जिल्ला प्रमुख सायद शाह मारिएको गभर्नर माजिक्जाईले जानकारी दिए ।

घटनास्थलमा लडाकूविरुद्ध सरकारी सुरक्षाकर्मीहरुले हवाई आक्रमण जारी राख्ने पनि उनले बताए । स्थानीय बासिन्दाका अनुसार तालिवान लडाकूहरू गत दश दिनदेखि यस क्षेत्रमा बसेका थिए । उनीहरूले त्यस भेलामा आफ्ना योजना र रणनीतिका बारेमा छलफल गरेका थिए ।

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...