Monday 19th October 2026

अमेरिका र दक्षिण कोरियाले संयु्क्त सैनिक अभ्यास गर्ने भएपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार


तितोपाटी – उत्तर कोरियाले छोटो दुरीका २ वटा क्षेप्यास्त्र जापानिज समुन्द्रमा प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे लगत्ते उत्तरले यो परिक्षण गरेको हो । उत्तर कोरियाले पूर्वी शहर वोन्सानबाट सो क्षेप्यास्त्र प्रहार गरेको थियो । पहिलो क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहानको ५ बजेर ३४ मिनेटतिर प्रहार गरिएको हो भने दोस्रो त्यसको २३ मिनेटपछि प्रहार गरिएको दक्षिण कोरियाले जनाएको छ । यो घटनाले उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा भएको परमाणु निशस्त्रीकरण वार्तामा नयाँ शंका उत्पन्न गराएको छ ।

दक्षिण कोरिया कोरियाका सेना प्रमुखकाअनुसार सो क्षेप्यास्त्र बिहीबार सि अफ जापानमा प्रहार गरिएको हो । सो क्षेप्यास्त्र ५० किलोमिटरको उचाइमा पुगेर ४ सय ३० किलोमिटरका दुरीमा समुद्रमा खसेको थियो ।

अर्को महिना दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेपछि आक्रोशित बनेको उत्तर कोरियाले यो कदम चालेको अनुमान गरिएको छ । उत्तर कोरियाले संयुक्त युद्ध अभ्यासले परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई प्रभावित गर्न सक्ने चेतावनी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...