Sunday 21st June 2026

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निर्वाचित


तितोपाटी – बेलायतको प्रधानमन्त्रीमा सत्तारूढ कन्जर्भेटिभ पार्टीका बोरिस जोन्सन निर्बाचित भएका छन् । बोरिस भारी बहुमतले निर्बाचित भएपछि बेलायती महारानी एलिजाबेथले  उनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्। जोन्सनले आजैदेखि आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गरेका छन्।

६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ पार्टीका ३ सय १३ छन्। प्रधानमन्त्री जोनसनले डियुपीको सर्मथनमा बहुमत भएको दावी वेलायती रानी समक्ष पेश गर्दै प्रधानमन्त्री भएका हुन्। कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरुले प्रधानमन्त्री छान्न पाएको यो पहिलो अवसर हो। गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा बेलायतले युरोपेली संघ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेका जोन्सन नेतृत्वका लागि अगाडि रहेका थिए।

जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै मंगलबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्। बेलायती संचार माध्यमका अनुसार नवनियुक्त प्रधानमन्त्री जोन्सनले आजै नयाँ मन्त्री नियुक्त गर्ने छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...