Monday 19th October 2026

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निर्वाचित


तितोपाटी – बेलायतको प्रधानमन्त्रीमा सत्तारूढ कन्जर्भेटिभ पार्टीका बोरिस जोन्सन निर्बाचित भएका छन् । बोरिस भारी बहुमतले निर्बाचित भएपछि बेलायती महारानी एलिजाबेथले  उनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्। जोन्सनले आजैदेखि आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गरेका छन्।

६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ पार्टीका ३ सय १३ छन्। प्रधानमन्त्री जोनसनले डियुपीको सर्मथनमा बहुमत भएको दावी वेलायती रानी समक्ष पेश गर्दै प्रधानमन्त्री भएका हुन्। कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरुले प्रधानमन्त्री छान्न पाएको यो पहिलो अवसर हो। गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा बेलायतले युरोपेली संघ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेका जोन्सन नेतृत्वका लागि अगाडि रहेका थिए।

जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै मंगलबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्। बेलायती संचार माध्यमका अनुसार नवनियुक्त प्रधानमन्त्री जोन्सनले आजै नयाँ मन्त्री नियुक्त गर्ने छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...