Friday 23rd October 2026

स्वः भागिरथ चापागाइको शब नेपाल पुर्याइ त्रिवेणी घाटमा दाह संस्कार गरियो


तितोपाटी – एक सडक दुर्घटनामा परि अढाइ वर्ष भन्दा लामो समयदेखि अस्पतालको शैय्यामा अर्धचेतन अबस्थामा उपचाररत रहि उपचारकै क्रममा २ हप्ता अगाडि निधन भएका बर्दघाट – १२ नवलपरासीका स्वः भागिरथ चापागाइको पार्थिब शरीर नेपाल पुर्याइ नेपाल स्थित त्रिवेणी घाटमा दाह संस्कार कार्य सम्पन्न भएको छ ।

स्वः चापागाइको पार्थिब शरीर हिँजो राती १०ः३५ बजेको कतार एयरवेजको उडानबाट नेपाल पठाइएको थियो भने अाज बिहान ११ बजे त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । शब स्वः चापागाइका भाइले बुझिलिइ जन्मथलोमा रहेको त्रिवेणी धाममा साँझ ७ बजे शब पुर्याइएको थियो भने रात साँझ गरेर अाज नै दाह संस्कार कार्य सम्पन्न भएको स्वः चापागाइका भाइ दान प्रसाद चापागाइले तितोपाटी डट कम लाइ जानकारी दिए ।

 


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...