Sunday 12th October 2025

पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा ८ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको उक्त आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको थियो ।

घटना लगत्तै प्रहरीको शव नजिकैको एक सरकारी अस्पताल पुर्याइएकोथियो ।जिल्ला प्रहरीका प्रमुख सलिम राइजका अनुसारप्रहरीको शव अस्पताल पुर्याउने बित्तिकैआत्मघातीबम विस्फोट भएको थियो । विस्फोटमा परी अन्य दुई प्रहरी र ४ जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतलामा भएको आत्मघातीआक्रमणमाकरिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जिम्मा तहरेक-ई-तालिबानले लिएको छ । उसले आफ्नो एक कमान्डरलाई प्रहरीले देरा इस्माइल खानमा मारेको ‘बद्ला’ मा उक्त आक्रमण गरिएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

प्रतिकृयाहरू
...