Friday 20th March 2026

जापानमा एनिमेशन स्टुडियोमा आगलागी हुँदा १३ जनाको मृत्यु


तितोपाटी – जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान ‘क्योटो एनिमेशन’को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्। नाम नखुलाइएका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ।

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो। उद्धारको काम भइरहेको छ। त्यहाँ आगो लागे पछि ठुलो विष्फोटको आवाज सुनिएको पनि बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...