Sunday 12th April 2026

अविरल वर्षा पछिको बाढी-पहिरो र डुबानमा परि अहिले सम्म ५० जनाको मृत्यु, ३० जना वेपत्ता, २५ जना घाइते


तितोपाटी – अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण देशभरमा अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ ।

आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३० जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं-१ मा १७, प्रदेश नं-२ मा ८, प्रदेश नं-३ मा १३, प्रदेश नं-५ र ६ मा २-२ र उपत्यकाको दुई जिल्लामा ८ गरी ५० जनाको ज्यान गएको हो ।

उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं-१ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ । प्रदेश नं-२ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट,महोत्तरी र सिरहामा एक­एक गरी ८जनाको मृत्यु भएको छ ।

प्रदेश न–३ अन्तर्गत काभ्रे, मकवानपुर र सिन्धुलीमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै प्रदेश नं-५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश नं-६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं-१ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् ।

प्रदेश नं-२ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषा र पर्सामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं-३ को सिन्धुलीमा ५ जना र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश नं-६ को डोल्पास्थित कासिल खोलाले बगाएर ७ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं-१ मा आठ, प्रदेश नं-३ मा १२ जना रहेका छन् ।

सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं-१ बाट १२ जना, प्रदेश नं-२ बाट ८२७ जना, प्रदेश नं-३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...