Tuesday 20th January 2026

नुवाकोट-धादिङ-रसुवा समाजको जुलाइ १९ मा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा


तितोपाटी – नुवाकोट-धादिङ-रसुवा समाजले आगामी जुलाइ १९ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  जनाएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर नेपालका सेलिब्रिटी कलाकारहरू प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारहरू सहितकाे सामुहिक प्रस्तुतिमा कुवेतमा विशेष सांगीतिक धमाका गर्न लागेको हो ।

समाजका अध्यक्ष राकेश मनाङथेनले तितोपाटी डट कम सँग कुरा गर्दै कार्यक्रमको सम्पुर्ण तयारी करिब करिब सकिएको तथा नेपालबाट कार्यक्रमको आउनुहुने अतिथि कलाकारहरू आगामी बुधबार १७ जुलाइको दिन दिउँसो ३ः३५ मा कुवेत अवतरण गर्ने भएकोले कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी, साहित्यप्रेमी लगायत सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अतिथि कलाकारको स्वागतको लागि उपस्थित भैदिनुहुन पनि अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ स्थापना भएको नुवाकोट-धादिङ-रसुवा समाज कुवेतको यो पहिलो सांस्कृतिक  कार्यक्रम हो । समाजले मानविय र समाजिक सेवाका कार्यहरूमा कुवेतमा विभिन्न कृयाशिल संघ सस्थाहरुसँग हातेमालो र सहकार्य गर्दै आएको छ ।

उक्त कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन कुवेतमा कृयाशिल सम्पूर्ण संघ सँस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी, साहित्यकार लगायत  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रम हेर्न अाउन निमन्त्रणा गरिसकेको जनाउँदै यदि कसैले निमन्त्रणा-पत्र प्राप्त नगरेको भएमा यसै समाचारलाइ आधार मानी कार्यक्रममा उपस्थित भैदिनुहुन समाजले सबैमा हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मितिः १९ जुलाई  २०१९ ।
स्थानः ब्रिटिश नटिंघम स्कुल जलिब कुवेत ।
समयः बिहान ११ बजे ।
आयोजक : नुवाकोट-धादिङ-रसुवा समाज कुवेत ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...