Sunday 14th June 2026

कुवेतको तमु समाज तालीको हकदार छ


तोयानाथ उपेक्षित – गुरुङ समाजको अर्को परिचयात्क शव्द तमु पनि हो । संसारभरका गुरुङहरु आफूलाई तमु भन्न रुचाउछन । सोझो र शुरो यो जाति नेपालको पूर्व देखि मध्य पश्चिम सम्म छरिएर रहेको पाईन्छ । नेपालमा रहेका आदिवासी जनजातिहरुमा गुरुङहरुको संख्या उल्लेख्य छ । खास गरेर गण्डकी अञ्चल र आसपास नै गुरुङहरुको मुख्य थाकथलो मानिन्छ ।

आफ्नै भाषा, भेष-भुषा र संस्कृतिका धनि गुरुङहरु देश र विदेशमा छरिएर रहेका छन । उनिहरु जहाँ छन त्यहाँ आफ्नो अस्तित्वको रक्षा र पहिचानको खातिर एकताबद्ध भएर रहेको देखिन्छ । कुवेतमा पनि गुरुङहरुको तमु समाज सन २००९ देखि अस्तित्वमा रहेको छ । यहाँ रहेका जातिय संस्था मध्ये तमु समाजले आफूलाई पहिलो जातिय संस्था भनेर दावी गर्दछ ।

सन २००९ डिसेम्बर २५ को पहिलो अधिवेशनले तत्कालिन संस्थापक अध्यक्ष अम्बर गुरुङलाई तमु कुवेत को जिम्मेवारी सुम्पेको थियो । तिन बर्षे कार्यकाल रहने तमुको विधान मुताविक सन २०१२ अक्टोवर ५ मा भएको दोश्रो अधिवेशनले खोप गुरुङलाई अध्यक्ष बनायो । सेप्टेम्बर २५ सन २०१५ को तेश्रो अधिवेशनले सर्वसम्मतीमा खोप गुरुङलाई नै थप अर्को कार्यकालको पनि जिम्मा लगाएको पाईन्छ ।

तमु समाज कुवेतको चौथो अधिवेशन २१ सन २०१८ मा सम्पन्न भयो । उक्त अधिवेशनले राजु गुरुङलाई नेतृत्वमा चुन्यो । तमु समाज कुवेतले आफ्नो चाडपर्व र विभिन्न सामाजिक गतिविधी गर्दै आएको भए पनि खोप गुरुङको पालामा तमुले कुवेत स्थित केन्द्रिय रक्त बैंक जाव्रियासँग समन्वय गरेर सामुहिक रक्तदान कार्यक्रमको शुरुवात गर्यो । उक्त कार्यक्रम हरेक बर्ष नियमित रुपमा हुदै आएको छ । अन्य संघ संस्थाको भन्दा पृथक र मानविय सेवामा अव्वल कार्यको थालनि गर्ने तमुको श्रेय पहिलो पटक नेपाली दूतावासले ग्रहण गरेको थियो । तमु समाजले पहिलो रक्तदान कार्यक्रम गरेको भए पनि व्लड बैंकले भने नेपाली राजदूतावास कुवेतलाई मेमेन्टो प्रदान गरेको थियो ।

खोप गुरुङको विरासत थाम्दै आएका बर्तमान अध्यक्ष राजु गुरुङ पुरानो समितिका उत्तिकै क्रियाशिल व्याक्ति हुन । उनको कार्यकालमा पनि तमु समाज अरु शसक्त हुने विश्वास तमुहरुको रहेको छ ।

कुवेतमा तमु समाजले कुवेतमा रहेका अन्य संघसंस्थासँग समन्वय र सहकार्य गरेर अनेकौ कामहरु गर्दै आएको छ । यसरी नै बार्षिक रुपमा ल्होछार विशेष यहाँका तमुहरुले विशेष उल्लासका साथ मनाउदै आएका छन । शालिन र भद्र संस्थाका रुपमा आफ्नो परिचय दिन सफल तमुहरु कुवेतमा तालीका हकदार हुन भन्दा अतिशोयुक्ति नहोला ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...