Thursday 6th November 2025

संसदिय समितिले सरकारलाइ आईफा अवार्ड रोक्न निर्देशन दियो


तितोपाटी – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा)–१९ को नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ । यद्यपि अरु सम्झौता हुन बाँकी छ । यतिखेर सरकारले नै ४५ करोड रुपैयाँ दिने गरी भारतीय अवार्ड गर्न लागेको भन्दै चर्को आलोचना भएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बोलाइए उनी गएनन् । सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी सिइओ दीपकराज जोशी उपस्थित थिए । बैठकमा सचिव सापकोटा र सीईओ जोशीले नेपालको पर्यटन प्रबद्धन र व्यापारिक फाइदा हुने निर्णयको बचाउ गरे । तर सत्तारुढ सांसदहरुले नै चर्को आलोचना गरेका छन् । भीम रावल, अग्नि सापकोटाले अवार्डको विरोध गरे । सम्बोधनका क्रममा उनी निकै भावुक बनेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...