Wednesday 25th March 2026

भष्ट्राचार मुद्दामा सशस्त्रका ४ पूर्व आईजीपीसहित २२ जनालाई सफाइ


तितोपाटी – भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा आज सोमबार सबै प्रतिवादीलाई सफाई दिएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेकले जानकारी दिए। सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेतसहित २२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार (रकम हिनामिना) मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो।

प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो। विशेषका अध्यक्ष रेग्मीसहित द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले ‘मिसिल संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको’ फैसला गर्दै प्रतिवादीहरूलाई सफाई दिएको हो। २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।

वन्त पदबाट निलम्बन भएपछि २०७२ माघ १८ मा उनीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको थियो। पूर्व आईजीपी श्रेष्ठसहित ४ जनाविरुद्ध माघ २४ मा मुद्दा दायर गरिएको थियो। वलीसहित ३ जनाविरुद्ध माघ २९ र बस्नेतसहित ७ जनाविरुद्ध फागुन १७ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...