Wednesday 14th January 2026

धादिङमा प्रथम राष्ट्रव्यापी हिले दाैड प्रतियोगिता सम्पन्न(फोटो फिचर सहित)


तितोपाटी – धादिङमा पहिलो राष्ट्रव्यापी हिले दाैड सम्पन्न भएको छ ।असारे १५ को दिन धान दिवसको अवसर धादिङवेसीमा गरिएको प्रथम राष्ट्रव्यापी खुला हिले दौडको उपाधि संखुवासभाका विकास राई र धादिङ नलाङकी सोनी गुरुङले हात पारेका छन्। उनीहरूले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पनि पाए।

महिला र पुरुष छुट्टाछुट्टै विधामा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कैलालीका किरण मल्ल द्वितीय र नेपालगन्जका खिम बहादुर खत्री तृतीय भएका छन्। त्यस्तै महिलातर्फ धादिङ धुनीवेसीकी रसिला तामाङ द्वितीय र काठमाडौं पाटनकी निर्जला ताम्राकार तृतीय भएकी छन्। उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे।

नीलकण्ठ नगरपालिका ७ तल्लोबेसीको फराकिलो फाँटमा युवायुवतीको रोमान्चक प्रतिस्पर्धा रहेको थियो। धान रोप्न सम्याइएका गह्राका कान्ला उक्लिदै र औलर्दै चार सय मिटरको दौड प्रतियोगिता भएको हो। प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्षसम्मका महिला पुरुष सहभागी थिए। राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा भएको खेलमा नेपालभरबाट महिलातर्फ २६ जना र पुरुष तर्फ ८७ जनाले भाग लिएका थिए।

प्रतियोगिताको केहि झलकः

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...