Thursday 19th March 2026

झापामा सरकारलाइ खबरदारी गर्दै सडकमै रोपाइँ


तितोपाटी – सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिना सम्म पनि सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्।

ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान रोपेर स्थानीयवासीले विरोध जनाएका हुन्। एकातिर स्मार्ट सिटी भन्ने, अर्कोतिर जनताको ज्यान नै धरापमा पार्ने गरी बाटो खनेर अस्तव्यस्त पार्ने काम मात्र भएको विरोधमा स्थानीयले सरकारलाइ खबरदारी गरेका हुन् । बिर्तामोड–भद्रपुर सडकखण्ड आउँदो असोजसम्म पिच भइसक्नुपर्ने आयोजना हो तर ठेकेदारको लापरबहीका कारण काम समयमा हुन सकेकोको छैन। बाध्य भएर राजमार्गको मुख्य सडकमै धान रोप्नुपरेको स्थानीयवासीले बताएका छन्।

२७ करोड रुपैयाँमा ठेक्का लागेको उक्त सडकखण्डको ४ किलोमिटर सडक निर्माण पूरा गर्ने गरी आशिष प्रेरा जेभीले गत असारमा ठेक्का लिएको थियो।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...