Friday 30th January 2026

इराकमा नेपालीले गरे नेपालीको हत्या, अर्थ अभावमा शब अझै इराकमै


तितोपाटी – इराकमा एक जना नेपाली कामदारले अर्को एक जना नेपाली कामदारकै हत्या गरेका छन् । इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।  एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु प्रहार गरेका थिए । प्रहरीले पौडेललाई पक्राउ गरेको छ ।

 नेपालमा घर बनाउँदै गर्दा ४ महिना अघि मात्रै कुर्दीस्थान पुगेका मीन बहादुरकी श्रीमतीले दोश्रो विवाह गरि सकेकी छन् भने मीनबहादुरको एक ६ वर्षीय छोरा रहेको बुझिएको छ।

हत्या एक महिना भन्दा अगाडि भएको भए पनि अर्थ अभावमा शबलाइ नेपाल पठाउन समस्या भएको बुझिएको छ । शब पठाउन झण्डै ३ हजार डलर लाग्ने भएपछि चन्दा संकलन गरेर शब नेपाल पठाउने प्रकृया अगाडि बढेको कुरा प्रवासी नेपाली समाज, इराकका अध्यक्ष कमल वाइवालाइ हवाला दिंदै कान्तिपुरले समाचार सम्प्रेषण गरेको छ ।


सम्बन्धित शीर्षकहरु

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

प्रतिकृयाहरू
...