Thursday 19th March 2026

इराकमा नेपालीले गरे नेपालीको हत्या, अर्थ अभावमा शब अझै इराकमै


तितोपाटी – इराकमा एक जना नेपाली कामदारले अर्को एक जना नेपाली कामदारकै हत्या गरेका छन् । इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।  एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु प्रहार गरेका थिए । प्रहरीले पौडेललाई पक्राउ गरेको छ ।

 नेपालमा घर बनाउँदै गर्दा ४ महिना अघि मात्रै कुर्दीस्थान पुगेका मीन बहादुरकी श्रीमतीले दोश्रो विवाह गरि सकेकी छन् भने मीनबहादुरको एक ६ वर्षीय छोरा रहेको बुझिएको छ।

हत्या एक महिना भन्दा अगाडि भएको भए पनि अर्थ अभावमा शबलाइ नेपाल पठाउन समस्या भएको बुझिएको छ । शब पठाउन झण्डै ३ हजार डलर लाग्ने भएपछि चन्दा संकलन गरेर शब नेपाल पठाउने प्रकृया अगाडि बढेको कुरा प्रवासी नेपाली समाज, इराकका अध्यक्ष कमल वाइवालाइ हवाला दिंदै कान्तिपुरले समाचार सम्प्रेषण गरेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...