तितोपाटी – मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अाज बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो। रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ।
वर्षादको माैसममा धेरै चट्याङ पर्नाले वर्षेनी नेपालमा ठुलो धनजनको क्षति हुने गरेको छ । करिब २ हप्ता अगाडि पनि बाँकेमा चट्याङ परेर ३९ घर जलेर नष्ट भएका थिए भने एक महिना अघि लमजुङमा एकै ठाउँमा २८ भेडाहरू चट्याङ लाग्दा मरेका थिए ।