Thursday 19th March 2026

दरिद्र मानसिकता भएकाको सोचाइमा परिवर्तन कहिले आउने ?


चन्द्र बिश्वकर्मा ‘गोतामे’ – समय परिवर्तनसंगै मानव पनि ढुंगे युग हुँदै प्रविधि युगमा परिवर्तन भएर आएको पाइन्छ तर उनीहरुको सोचाइ र ब्यवहारमा भने कत्ति पनि परिवर्तन भएको भान हुँदैन । यो समाजमा वर्तमान परिवेशमा पनि मानवले मानवलाई दानव जस्तो व्यबहार कहिले सम्म गरिरहने र चलिरहने ? मानवले मानवको बेदना किन बुझ्न चाहदैनन् ? चेतनशील मानवले आखिर किन आफ्नो सोचमा परिवर्तन ल्याउन चाहदैनन् ?

केही समय पहिले आफू भन्दा साना जाती संग छोइयो भने ठुला जातीले सुन पानी छर्केर चोखो हुने चलन थियो । साना जातीले खाएको भाडा कुडा पनि सुन पानी छर्केर चोखो बनाउने परिपाटी थियो । मान्छेले मान्छे छुदा समेत सुन पानी छर्केर चोखिने चलन थियो । वर्तमान परिवेशमा पनि जातीय विभेदको अन्त्य भएको कत्ति भान हुँदैन । जातीय विभेद गर्ने स्वरुप र तरिका मात्र परिवर्तन भएको छ । अहिलेको परिवेशमा केही मनुवाहरु सामाजिक संजाल मार्फत अपशब्द र निच शब्दको प्रयोग गरि गाली गलौज गर्दै जातीय विभेद तथा चरित्र हत्या गरिरहेका छन । शिक्षित वर्गको वरिष्ठ हु भन्नेले पनि काहीं न काहीं त अदृश्य रुपमा पनि जातीय विभेद गरिरहेका छन । कुनै सभा सम्मेलनमा होस् या भोज भतेरमा होस् ठुला जाती संग संगै बसेर खान पिन गर्दा त्यहाँ कुनै एक जना सानो जातिको इमान्दार मान्छे जो कुनै पनि पेय पदार्थ पिउदैन । भने त्यही बेला ठुला जातीका मान्छेले भन्ने गर्छन । तिमी जातले पाएकोले पनि पिउदैनौ हामोले पो पिएका छौ ।

आखिर साना जातिले जन्म जात नै पेय पदार्थ पिउनु पर्छ, समाजमा नराम्रो काम गर्नु पर्छ भनेर निधारमा लेखेरै आएको हुन्छ र ? जब त्यो शब्दले सानो जातिको मानसपटलमा असर पर्छ भन्ने कुराको हेक्का हुनु पर्ने होइन र ? समाजमा हुने हरेक किसिमका राम्रा काममा जस लिने ठुला जाती नै हुने गर्दछन । साना जाती त आखिर उनिहरुको हतियार मात्र भएका छन । साना जातीले जब केही काममा सफलता प्राप्त गर्न थाल्यो भने उसको कहाँ के गल्ती भएको छ वा नभएको गल्तीमा पनि दोषी बनाएर उसलाई समाजमा शिर निहुँराउन बाध्य पारिन्छ । जातीय रुपमा अपशब्द र निच शब्द बोल्दै उसको चरित्र हत्या गरिन्छ । त्यसैले अहिले देखि होइन पहिले देखि नै साना जाती लाई सधै छायामा पारिरहेको कुरा दुईमत छैन । ठुला जातीले काम बिगारेको भए पनि जनतन सहि बनाउन लाग्ने समाजमा साना जातीले राम्रै काम गर्दा पनि बिगार्ने परिपाटीको अन्त्य कहिले हुन्छ ?

समाजमा कसैको ब्यक्तिगत जीवनमा धावा बोल्नेको पनि कमि छैन । कसैको बारेमा बोल्नु भन्दा पहिले वास्तविकता के हो भनी बुझ्नु पर्ने होइन र ? फलानाले यस्तो गर्यो रे ! उस्तो गर्यो रे ! भनी कसै संग भन्यो भने त्येही रे कुराको पछि लागेर नानाथरी भन्नेको जमात पनि निकै ठूलो छ । त्यसैले दरिद्र मानसिकताले ग्रसित भएर जिउनु भन्दा सफल र सबल तरिकाले जीवन यापन गर्नु उचित होइन र ? दरिद्र मानसिकताले ग्रसित भएर जातीय विभेद तथा छुवाछूत गर्ने लाई हदैसम्मको कारबाहीको लागि सरोकारवालाको ध्यानाकर्षण होस् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...