Monday 29th April 2024

बन्द हडतालको राजनीति अब किन र कस्को लागि?


तिलक भण्डारी(कमल) – राजनीतिको नाममा बिभिन्न काल खण्डमा धैरै अाँधिहुरी आयो । हामी अनुमान गर्न सकिन्छ २००७ साल देखि २०७६ साल सम्म आइपुग्दा धैरै परिर्वतनका आवाजहरू अाए ।विविध तन्त्र पनि परिर्बतन भए तर तन्त्र भनेको मात्र नेताका जिवनशैली परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्ब गर्ने खालका काम भएको देखिदैन। अब भने हामी सबैले एक सचेत नागरिक भएर सोच्ने बेला आएको छ । राजनीति किन र कस्को लागी गरिदै छ एक पटक हामी सबैले आफ्नो ठाँउबाट सोच्नु पर्छ । यसको अर्थ राजनिति गर्न हुदैन भन्ने होइन तर राजनिति गर्न नागरिकलाइ स्वत्रन्त्र छ तर स्वत्रन्त्रको नाममा संबिधानको बर्खिलाप हुने कार्य कसैले गर्नु र गराउनु हुदैन । यदि साँच्चै जनताको लागी राजनीति गर्ने हो कि? ब्यक्तिवादी राजनीति गर्ने हो?जनताको लागी राजनीति गर्ने हो भने अब बन्द हडताल आंतक हतियार किन र कस्को लागी चहियो? त्यसकारण अब हत्या हिंसा आंतकको राजनीति होइन खुल्ला प्रतिश्पर्धाको नयाँ अबधारण सहितको खुल्ला मैदानमा बहस गरी अगाडि बढ्ने कि?

हामीले २०५२ साल फागुनबाट सुरूवात भएको युद्धको यात्रा कति ठिक र बेठिक थियो समिक्षा गर्ने समय आएको छ । त्यो लामो सर्घष र बलिदानबाट आज हामी नेपाली नागरिकले कस्तो खालको परिर्बतनको पायाैं? युद्धमा घाइते बेपत्ता सहदात भएका नागरिक परिवारले कस्तो राहत प्राप्त गरे, हिजो युद्धको कमान्ड गरेको एक समुहले राज्यसता सम्हालेको छ त्यो समुहबाट ति सहिद बेपत्ता घाइतेहरूलाइ कस्तो राहात प्रदान गरे? त्यो एकपटक समिक्षा गर्न बिन्रम अनुरोध गर्दछु । एका तर्फ हिजो सँगै युद्धको मोर्चामा लडाइ लडेर  जिवनको बाजी लगाएका कमरेडहरू मन्त्रालय सम्हालेर बसेका छन् भने अर्को तिर लडाइमा घाइते भएर आज उपचार नपाएर मलाइ उपचार गर्न आर्थिक अभाब भयो भनेर कुरा राख्दा अन्धो गोरूलाइ बाह्रा महिना हरियो जस्तो गरी सरकारले कानमा तेल हालेर बसेको कारण पीडित योद्धाले आत्म हत्या प्रयाश गरेको तपाइ हामीले देखेको सर्ब बितित नै छ ।

हिजोको बन्दलाइ देख्दा हामीले अनुमान गर्न सकिन्छ यो बन्दले नागरिकलाइ कस्तो अनुभुति भयो? र ज्यालादारी मजदुर गरी खाने नागरिकलाइ कस्तो असर भयो? स्कुल कलेजमा पढ्ने झन्डै ८०लाख विद्यार्थी पढनबाट बञ्चित भए। सामुदायिक २७ हजार र नीजि ७ हजार शैक्षिक सँस्था ठप्प भए। यसको प्रत्यक्ष असर तपाइ हामीलाइ कि बन्दकर्तालाइ? आजको प्रश्न यहि हो? अब खुल्ला बहस गराैं, राजनीतिको नाममा जनतालाइ आंतक र भ्रमको खेति बन्द गराैं । हामी सचेत नागरिक भएर युबा मैत्रि बाताबरण बनाएर राजनीतिको नयाँ अध्याय शुरू गरेमा यसैमा सबैको भलो र हित हुनेछ । अहिले हाम्रो मुलभुत समस्या भनेको बेरोजागरी हो । यसलाइ कसरी हल गर्न सकिन्छ यो यस तर्फ गम्भीर बनाै । अहिले संघियता आएपछि ७७जिल्लालाइ ७प्रदेश र ७ सय ५३ स्थानिय निकाय बनाइएको छ। बरू कसरी हुन्छ हरेक सक्षम नागरिकले आफ्नो प्रदेश र स्थानिय निकायमा उपल्बध स्रोत साधनको परिचालन गरी रोजगारी सृजना गराैं । शिक्षा स्वास्थ्य निःशुल्क गराैं । बलात्कार, हत्या, हिंसा जस्ता घटना गराउने पशु मानिसकतालाइ फाँसीको ब्यवस्था गरी सभ्य समाजको निमार्ण गरी लिक्वान र महाथिर जस्तो नेतृत्वको बिचार दर्शनलाइ ग्रहण गराैं इतिहासको पाना पानामा आफ्नो कृति राख्ने प्रयत्न गराैं। पदको लोभ गरी आफ्नो सबै इज्जत प्रतिष्ठा समाप्त गर्ने प्रयाश बन्द गराैं । हामी क. मदन भण्डारी जस्तो बन्ने प्रयत्न गराैं जो कुनै राज्यसत्ता वा पदमा नबसेर पन अहिले सबैले स्मरण गर्ने नेता हुनुहुन्छ । त्यसकारण अग्रजको बिचारलाइ मनन गरी सभ्य समाज निमाण गर्ने आजको आबश्यकता हो। त्यसैले बन्द-हड्ताल , नारा-जुलुस, तोडफोड-बिनास र हत्या-हिंशा त्यागेर सुन्दर शान्त बिशाल नेपाल निमार्ण गर्ने अभियानमा सरिक बनाै यो नै आजको हाम्रो जन चाहाना हो ।


सम्बन्धित शीर्षकहरु

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका…

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

प्रतिकृयाहरू
...