Monday 29th April 2024

व्यक्तिगत रीसइविमा सिंगो दलित समुदायलाइ अपमान गर्नेहरू होसियार !


जानकी जानु विश्वकर्मा – यति खेर सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल भइरहेको छ । प्रकाश सपुतले निकालेको माैलिक गीत “गलबन्दी” सँग जोडिएर फेसबुकका पाना रंगिएका छन् । पश्चिमेली ठेट गीत “गलबन्दी” को लय सांगीतिक क्षेत्रका एक नक्षत्र मानिएका सम्भु राइको गीत सँग मिलेको भन्ने विषयले विकराल रूप लिएर कतिपयले सामाजिक सञ्जालमा जातीय विभेद हुने खालका धारणा राखेको छन् । यस विषयमा हाम्रो गहिरो ध्यानाकर्षण भएको छ ।

ब्यक्तिगत विषयलाइ लिएर एक जात, वर्ग वा समुदायको मानिसले अर्को जात, वर्ग वा समुदायको अस्मितमा प्रहार गरेको किमार्थ स्विकार्य हुँदैन । कला राष्ट्रको सम्पति हो र कलाकार राष्ट्रका गहना, यसमा कसैको दुइमत छैन । यस प्रसंगमा  सम्भु राई नेपाली संगीत क्षेत्रका नक्षत्र हुन यसमा दुई मत छैन तर प्रकाश सपुत पनि माैलिक संस्कृतिको जगेर्ना गर्न  लागि परेका उदयमान प्रतिभा हुन । कलाकारले प्रस्तुत गरेको कलामा कहिँ कतै कुनै कुरा नमिले एकापसमा समन्वय गरेर अघि बढ्न सकिन्छ । तर यहि विषयलाइ लिएर जात, वर्ग माथि प्रहार गर्नेहरूलाइ कदापी स्वीकार्य हुँदैन । यसमा हाम्रो घोर विरोध जनाउँदै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई देखाएर सिंगो दलित समुदायलाइ जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गरेको प्रति घोर विरोध गर्दै संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुत तथा कसूर सजायँ ऐन र संविधान वमोजिम उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछु ।

एउटा कुरा याद रहोस, सम्भु राइको एउता गीत नारायण गोपालको गीत संग मिलेको भिडियो भाइरल भएको छ। अब त्यही विषयलाइ लिएर राइहरूको जातीय अस्मितामा अाँच अाउने गरि हामीले बोल्ने ? होइन भने कपि राइटको प्रावधान भर्खरै उदाउदो प्रतिभालाइ उठ्न नदिनको लागि हतियार हो कि के हो? नभए सम्भु राइले पनि सजाय भोग्न तयार हुनुपर्यो। किनकी सम्भु राइले स्वर सम्राट नारायण गोपालको गीत चोरेका छन्। सम्भु राइका हजारौं कालजयी गीतहरु छन र प्रकाश सपुतलाइ उनको गीतको लय चोरेको आरोप लगाउने हो भने राइले पनि नारायण गोपालको गीत चोरेका हुन भनेर हामीले भन्ने कि नभन्ने ?

सामाजिक संजालमा छरपष्ट भएका यि विषयले ममा धैर्यताको बाँध फुटेर आयो । व्यक्तिगत विषयमा जात छुने काम गलत भयो । कस्लाइ कुजात भनेको? कस्लाइ जात जनाइस भनेको? कस्लाइ कामी दमैको जात भनेको? विवाद थियो त प्रकाश सपूत संग थियो जात संग त हैननी । फेरि समस्त दलितजातिलाइ गाली किन??

यदि सम्भु राइ सच्चा राष्ट्रिय कलाकार हुन भने एक कलाकारले अर्को कलाकारलाइ गाली गलाैज जातीयताको नाममा मागी खाने भाडो र चोरीको आरोप लगाएर आफ्नै राष्ट्रलाई बदनाम गराउन पाल्तु कुकुर लगाउने कलाकारलाइ म कुन शब्दले सम्मान गराैं? रेशम फिरिरि गित अहिले रिमिक्समा चल्छ अमेरिकीले गाउँदै हिड्छ खै तिनलाइ कसैले चोर भनेनन? हाम्रो राष्ट्रको गाना गाएर हाम्रै देशमा करोडौ लुटेकाछन र पनि सबै चुप छन् तर प्रकाश सपूतले पूरा तरिकाले पनि मिलाको छैन, गाउँमा झल्किने मौलिकतालाइ दर्शाएर करोडौको मन जितेका छ्न । त्यही डाहामा सम्भु राइ जस्तो राष्ट्रिय कलाकारले फाल्तु कुकुर पालेर भुक्न गाउँ समाजमा छाड्नु कदापि सोभनिय हुँदैन । समग्रमा एकले अर्कालाइ निचो देखाएर समाजलाइ बिखण्डन ल्याउनु भन्दा मानबलाइ मानव भएर बाँच्न दिउँ । सकिन्छ मानवताको ब्यवहार प्रस्तुग गराैं । सकिंदैन तथानाम चकारेर सामाजिक सद्भाव खलबलाउने काम नगराैं । मानबलाइ दानब हुन बाध्य नबनाउँ । कलाकार भएर कलाकारको थान्कामा रहनुहोस । देश विदेश जहाँ बस्नु भएका भए पनि सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले “विविधतामा अनेकता-अनेकतामा एकता” भन्ने नेपालीको नारालाइ भावनात्मक र वास्तविक रूपमा साकार पार्ने तर्फ लागाैं ।

फलाम चोर्यो रे ! मागी खानी रे! ए बाबा फलाम त हाम्रो सम्पती हो चोर्न किन पर्यो? मागी खानी रे अरे आफुले मेहनत गरेपछि मेहनतको कमाइ लिनुलाइ मागी खानी भनिन्छ ? त्यसो हो भनी त गाउदै हिँड्न त हाम्रै दलित बर्गका गाइने दाइले सिकाएका हुन नि । कला, सीप, गीत दलितको अनि अरूले किन त्यसको सिको गरे ? त्यसो भए त दलित बाहेक अरू सबै चोर भए नि । कि अाफुले गाएको गीत भन्दा दलितले गाएको गीतले करोडाैंको मन छोएकोमा इर्स्या र डाहा भयो ? एक ब्यक्तिसँगको गुनासोलाइ लिएर समस्त दलित समुदायलाइ गाली बेइज्जती किन ? होसियार! मागी खानी जात जनाउनी चोर भनी गाली गर्न भुस्याहा कुकुर छाड्नेलाइ भोली कहिँ कतै यस्तो नहोस कि घरबाट आगनमा निस्कनलाइ पनि झ्यालबाट चियाउन परोस । घटिया शब्द प्रहार गरेर दलित समुदायको धैर्यताको परिक्षा कसैले नलिनुहोला ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...