Friday 30th January 2026

ललितपुरमा ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरे


तितोपाटी – ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालीदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुका अनुसार बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे । डीएसपी खिउजुले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको जानकारी दिए ।

बालकले लेखेको सुसाइड नोट

‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।
सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’


सम्बन्धित शीर्षकहरु

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

प्रतिकृयाहरू
...