Sunday 25th October 2026

गैर आवासीय नेपाली संघ(एनआरएन) र हामी आप्रवासी नेपालीहरूको दायित्व


सुरज मास्के – हामी धेरै नेपालीहरु आफुले भने जस्तो नभए राम्रै कुराको पनि विरोध गरिरहन्छौं अनि कतिले नबुझेरै, कतिले बुझ पचाएर यस्ता कुराहरु शेयर गरिरहेका हुन्छौं । हिँजो आज फेसबुक तिर एउटा पोष्ट भाइरल भइरहेको छ, गैर आवासीय नेपाली संघको बारेमा । एक सचेत नागरिक अझ भनौं खाडीको रोजगारीको भरमा जवानीको खुशी बेचेर बुढेसकालको खुशी खरिद गर्ने व्यक्ति भएकोले यसबारे केहि कुरा लेख्न मन लागेको हो । पोष्टका कमेन्ट पढ्दै जाँदा आधालै पुरै सत्य र आधाले पुरै असत्य भन्नु पनि दुवै तर्फको अन्धो भक्त देखेर झनै उदेक लाग्छ । उक्त पोष्टमा लेखे जस्तोे पुरै सत्य नभएता पनि केहि हद सम्म सत्यता भने छ । समस्याहरु देखाइएका छन्, जुनसुकै कारणले यो पोष्टको शुरुवात भएता पनि यो पोष्ट शुरु गर्नेलाई भने धन्यवाद दिनै पर्छ । तर अझ पनि हामी समस्या मात्रै देखाउने हो र त्यसको समाधानको लागि अग्रसर नहुने हो भने यस प्रकारको भनाइ समाजलाई घातक हुन सक्छ ।

हामी सधै समस्या खोज्नमै तल्लिन भइरहेका छौं, अनि त्यो समस्याका बारेमा दोषारोपण गर्नमा कत्ति पनि हिचकिचाउदैनौं ।  यदि हामी आफु स्वयं या भावी पुस्ताको व्यवस्थित र खुशी समय चाहन्छौं भने समस्याका साथमा समाधन पनि खोज्ने बानी बसाल्न अबेर गर्नु हुदैन । यदि यसो गर्न सकेनौं भने विभिन्न संघ संस्थाको पदाधिकारीको हैसियतमा ड्यासमा उभिएर बोल्नु या सुनौलो भविश्यको कुरा गर्नु, सुसंस्कारका कुरा गर्नु, अरुलाई उल्लु बनाउनु मात्र हो । यस कुराले धेरैको चित्त दुखाउला तर पनि २१ औं शताव्दीको युवा सोंच या पोजिटिभ लिएर हेरौं । गैर आवसीय नेपाली संघ सबैको साझा संस्था हो भनेर हामी सबै भन्छौं तर साझा रुपमा काम किन गर्दैनौं । यदी यस संघलाई सहि तवरले अघि बढाउने हो भने तपाइ हामीले नै बनाउने हो । समग्रमा भन्दा यस संघको नेतृत्वमा धेरै कुरा भएको छ खाडी तथा मलेसिया वासीको लागि । हाम्रो आवाज सरकार सम्म पुर्याउन धेरै मद्धत पुगेको छ भने विभिन्न दैवि प्रकोप परेको बेला पनि राम्रो सहयोग जुटाएर पीडितहरुलाइ उपलब्ध गराइरहेको छ ।

सामुहिक लागानीको अवधारणा अघि बढाएर सबैबाट सानो सानो लगानी समेट्दै भविश्य सुनिश्चित गर्ने बाटो देखाउदै देश समृद्ध बनाउने तर्फ पनि अग्रसर भएको छ । सबै व्यक्ति वा संस्था आफैंमा पूर्ण हुदैन हुनै सक्दैन, यस संघका कार्यकर्ताबाट पनि गल्ति हुँदै नभएका भने होइनन् । तर गल्ति देखाउन मात्र भन्दा पनि त्यो गल्ति सुधार गर्ने तरिका या समाधानको पनि सुझाव दिनु पर्छ । यो संघ हाम्रै घर हो, हाम्रो घर राम्रो र सुन्दर बनाउने जिम्मेवारी पनि हाम्रै हो । विशेष गरि हाम्रो पहुच भनेको आफु कार्यरत देशको सम्मनवय परिषद हो र हामीले प्राप्त गर्नुपर्ने जानाकारी पनि राष्ट्रिय सम्मन्वय परिषदले नै प्रदान गर्नु पर्ने परिषदको दायित्व हो । यसका साथै सम्बन्धित देशमा नेपालीहरुको अवस्थाको बारेमा पनि परिषदले नै आइसीसीलाई र दुतावास एवं सम्बन्धित मन्त्रालयलाइ जानाकारी गराउनु प्रमुख दायित्व हो ।

म स्वयं पनि हाल कुवेतमा कार्यरत भएकोले कुवेतकै बारेमा पनि केहि शव्द खर्चिनै पर्ने मेरो दायित्व हो । हुन त मेरो लामो वसाई कुवेतमा भएको छैन भर्खर ३ वर्षको हाराहरी मात्र भएको छ । तर पनि एनआरएनए प्रतिको मेरो मोह भने निकै लामो रहेको छ र सकेको गर्न सधै नै तत्पर छू । त्यसैले पनि मैले नजिकबाट कुवेत एनआरएनएको गतिविधि नियालेको छु । विगत दुइ वर्षमा यस संघले निकै नै आरोह अवरोह तय गर्यो । यस संघलाई परेको अफ्ठ्यारोले सवै पक्ष दुःखी भयो र कसैलाइ पनि फाइदा पुगेन । विशेष गरि कुवेतमा पीडित नेपालीहरुले धेरै नै घाटा ब्यहोर्नु पर्यो । हुन सक्छ एनआरएनए कुवेत करिब ४ महिना निस्कृय जस्तै रहँदा सिमित व्यक्तिहरुलाइ फाइदा भयो तर पनि ती सब क्षणीक मात्र थियो, हो । तर पनि यो फेरी जुरमुराएर उठ्ने प्रयास गरेकै हो यसलाइ कसैले नकार्न मिल्दैन। अब हामी सबै मिलेर यो संस्थालाई अरु सबल र नेतृत्वदायी बनाउन पर्छ । कुवेतको राष्ट्रिय सम्मन्वय परिषदलाई माथी उठाउनु त छंदैछ र यस संघलाई खाडी मैत्री कसरी बनाउने भन्ने भुमिकामा पनि हाम्रो ठुलोहात हुनु पर्छ । सामान्य पन्जिकृत सदस्य र अन्तर्राष्ट्रिय भेलामा अति कम उपस्थितिले यो हुन सक्दैन । त्यसैले धेरे भन्दा धेरै पन्जिकृत सदस्य हुन पहिलो काम हो । यसको लागि https://mero.nrna.org मा गएर सदस्य बन्न सकिन्छ । जागरुक सदस्य र सवल नेतृत्व ले नै सबल संघ बन्न सक्छ । नेपाल सरकारले कानुन बनाइ दर्ता गरेको यो संघ भनेको श्रमिकहरुद्वारा श्रमिकहरुकै लागि काम गर्ने संस्था हो । त्यसैले पनि यो संस्थाको सदस्यको रुपमा जोडीएर ८० देशका नेपालीहरुसंग सहकार्य गर्ने अवसर नगुमाउँ र आफु आवद्ध भएर अरूलाइ पनि यस संघमा आवद्ध हुन अभिप्रेरित गराैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...