Thursday 19th March 2026

एनआरएन ओमानको अधिवेशन जुन २८ मा हुँदै


तितोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ओमानको अधिवेशन जुन २८ तारिक शुक्रबार  हुने भएको छ। उक्त अधिवेशनमा विश्व भरिबाट बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने बुझिएको छ ।

गैर आवासीय नेपाली संघ आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमान लगाएत अन्य राष्ट्रहरूमा एनसिसीहरूको अधिवेशन हुन लागेको हो। ओमनामा बर्तमान सचिव डिवी क्षेत्री भएका कारण सबै देशका केन्द्रीय स्तरका (एनआरएनएन) अभियान्ताहरूको उपस्थितिलाइ निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उक्त अधिवेशनमा एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य लगायत विभिन्न देशका  दर्जनाै एनआरएन अभियान्ताहरूको उपस्थिति रहने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...