Sunday 28th December 2025

मलेसियास्थित मृतक तामाङ्गको सव जिफन्ट समुहको पहलमा नेपाल पठायो


तितोपाटी – मलेसियामा आपसी झगडाका क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका एक नेपालीको शव जिफन्ट सहयोग समुहको पहलमा नेपाल पठाइएको छ । धादिङको गुम्दी १ का कालु बहादुर तामाङको गत मे १७ तारिकको दिन उपचारकै क्रममा ईपोस्थीत स्थानीय एक अस्पतालमा मृत्यु भएको थियो ।

अवैधानिक रुपमा मलेसियामा बस्दै आएका तामाङको शव नेपाल पठाउन ठूलो रकम लाग्ने र परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले जिफन्ट सहयोग समुह, मलेसियाले चन्दा संकलन गरी उनको शव नेपाल पठाएको हो ।

जिफन्ट सहयोग समुह, मलेसियाका अध्यक्ष प्रेम मगरका अनुसार उनको शव नेपाल पठाउन जिफन्ट सपोर्ट ग्रुप मलेसियाको क्षेत्रीय कमिटी इपोका प्रतिनिधिहरु बासुदेव चौधरी, क्षेत्रराज घिसिङ लगायतको अगुवाईमा सम्भव भएको हो ।

तामाङको शव नेपाल पठाउन ३ हजार ८ सय रिंगिट तथा अस्पतालमा उपचार खर्च वापत ४ सय रिंगिट गरी ४ हजार २ सय रिंगिट(झण्डै रु. १ लाख १० हजार) रकम जिफन्टका ईपोस्थीत क्षेत्रीय कमिटीका अगुवाहरुले संकलन गरेका थिए ।

ईपोस्थीत एक कम्पनीमा कार्यरत तामाङको कम्पनीमा काम सकेर होटलमा खाना खान गएको समयमा सोही होटलमा अन्य नेपालीसँग झगडा भएको थियो । सोही क्रममा कुटपीटबाट घाइते भएका तामाङको स्थानीय अस्पतालमा उपचार गरिएपनि उनलाई बचाउन नसकिएको हो । मृतक तामाङको शव असार ६ गते शुक्रवार अपरान्ह नेपाल पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...