तितोपाटी – झापाको दमकमा एक थोक कपडा पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।
दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । विद्युत् चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।
आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
-रासस