Wednesday 25th March 2026

सिंगापुरको रोजगारीमा पठाइदिने भन्दै ६ करोड भन्दा बढि ठग्ने नुवाकोटका प्रविण पाैडेल पक्राउ


तितोपाटी – वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड रुपैयाँभन्दा बढी ठगिएको देखाएको हो । प्रहरीले ठगीमा संलग्न भएको आरोपमा अहिलेसम्म नुवाकोटका प्रविण पौडेललाई मात्रै पक्राउ गरेको छ ।

महाशाखाका एसपी सुशीलसिंह राठौरका अनुसार आकर्षक तलबसहित सिंगापुर पठाइदिने भन्दै पौडेलले तीनसय भन्दा बढी व्यक्तिबाट रकम असुलेका थिए । वैदेशिक रोजगारीका लागि तालिम केन्द्र खोलेर ठगी गरेको उजुरी परेपछि महाशाखाले उनको खोजी गरेको थियो । पक्राउ परेका पौडेलबाहेक अन्य व्यक्ति पनि ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । फरार अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पौडेलले विशालनगरमा एप्रेन्टिस फर्म प्रा.लि. खोलेर पौडेलले मासिक तलब स्कल ६ सय ५० डलर हुन्छ भनेर ठगी गर्ने गरेका थिए । ‘भारतको दिल्ली र लखनउमा पठाएर सोलास नामक कम्पनीमा तालिम समेत दिएर विभिन्न बाहनामा नगद ५ लाख लिएपछि प्रोसेस हुँदैछ भनेर सम्पर्कविहीन हुने गरेको देखिएको प्रहरीले जनाउँदै अनधिकृत रूपमा राम्रो कमाइ हुने विश्वासमा कसैलाइ पैसा नदिन प्रहरीले अन्य व्यक्तिलाई पनि सचेत गराएको छ ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...