Saturday 20th December 2025

सिंगापुरको रोजगारीमा पठाइदिने भन्दै ६ करोड भन्दा बढि ठग्ने नुवाकोटका प्रविण पाैडेल पक्राउ


तितोपाटी – वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड रुपैयाँभन्दा बढी ठगिएको देखाएको हो । प्रहरीले ठगीमा संलग्न भएको आरोपमा अहिलेसम्म नुवाकोटका प्रविण पौडेललाई मात्रै पक्राउ गरेको छ ।

महाशाखाका एसपी सुशीलसिंह राठौरका अनुसार आकर्षक तलबसहित सिंगापुर पठाइदिने भन्दै पौडेलले तीनसय भन्दा बढी व्यक्तिबाट रकम असुलेका थिए । वैदेशिक रोजगारीका लागि तालिम केन्द्र खोलेर ठगी गरेको उजुरी परेपछि महाशाखाले उनको खोजी गरेको थियो । पक्राउ परेका पौडेलबाहेक अन्य व्यक्ति पनि ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । फरार अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पौडेलले विशालनगरमा एप्रेन्टिस फर्म प्रा.लि. खोलेर पौडेलले मासिक तलब स्कल ६ सय ५० डलर हुन्छ भनेर ठगी गर्ने गरेका थिए । ‘भारतको दिल्ली र लखनउमा पठाएर सोलास नामक कम्पनीमा तालिम समेत दिएर विभिन्न बाहनामा नगद ५ लाख लिएपछि प्रोसेस हुँदैछ भनेर सम्पर्कविहीन हुने गरेको देखिएको प्रहरीले जनाउँदै अनधिकृत रूपमा राम्रो कमाइ हुने विश्वासमा कसैलाइ पैसा नदिन प्रहरीले अन्य व्यक्तिलाई पनि सचेत गराएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...