Tuesday 6th January 2026

चीनमा ६ म्याग्निच्युटको भूकम्प, कम्तीमा १२ जनाको मृत्यु


तितोपाटी – चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा हिँजो मंगलबार शक्तिशाली भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार भूकम्पका कारण सयाैंको संख्यामा घाइते छन् । चिनियाँ सञ्चारमाध्यका अनुसार प्रान्तीय राजधानी छेङुबाट दक्षिण पूर्वमा पर्ने यिविनमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार अबेरको भूकम्पलगत्तै कैयौं पराकम्पहरू गएका बीबीसीले उल्लेख गरेको छ ।

टेलिभिजनमा प्रसारित दृश्यहरूमा सुरक्षाकर्मीहरूले भूकम्पका कारण भत्केका भवनका पुरिएकाहरूको उद्धार गरिरहेका देखिन्छन् । भूकम्पपछि घरहरू भत्केपछि कम्तीमा ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चिनियाँ सेन्ट्रल टेलिभिजनले भूकम्पपछि कपितय स्थानमा पहिलो गएको र सडकहरू अवरुद्ध भएका दृश्यहरू प्रसारण गरेका छन् । समाचार संस्था सिन्हवाका अनुसार यिविन र छुयोङबीचको मुख्य राजमार्गसहित कम्तीमा कैयौं सडक अवरुद्ध छन् ।

छेङुबाट करिब ३ सय किलोमिटर टाढा भूकम्प जानुअघि एक मिनेट चेतावनीमूलक साइरन बजेको सिन्हवाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचानलन गरिएको जनाइएको छ । चीनको सिचुवानमा पटकपटक भूकम्प जाने गरेको छ । सन् २००८ मा छेङुको उत्तर पश्चिम क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पका कारण ८७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । सन् २०१७ मा छेङुको उत्तरी क्षेत्रमा गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेको वैधानिकता सोमबार संयुक्त राष्ट्र संघमा चर्चामा आउनेछ, तर ल्याटिन अमेरिकी राज्यमा आफ्नो सैन्य…

प्रतिकृयाहरू
...