Wednesday 28th January 2026

साउदी स्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गर्यो


तितोपाटी – साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गरी नेपाल पठाएको छ । नेपाली दूतावासले बन्धक  बनाइएकी चाराली – ४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको हो । हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए। हाइल राजधानी रियादबाट ७ सय किमी टाढा पर्छ।

प्रवासी नेपाली समाजको समन्वयमा हुमालाई साउदी नागरीकको घरबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो।

‘उनलाई घरपरिवार, आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्दी झैं बनाएर राखिएको थियो। उनी आफूसँगै कार्यरत फिलिपिनोको सहयोगमा नेपाली दूतावासको सम्पर्कमा आएकी थिइन्,’ उद्धारमा समन्वय गरेका हेमराज बास्तोलाले भने, ‘गत अप्रिल महिनामा निवासबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो।’

सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...