Friday 9th January 2026

बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु


तितोपाटी – बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ठाडो उकालोमा रहेको घुम्तीमा गाडी घुमाउनलाई ठाउँ नपुगेपछि ब्याक गर्न खोज्दा गाडी भीरमा खसेको बुझिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा  मस्टा–१ कोटदेवलका कलकबहादुर खड्का, उनकी श्रीमती जुनधारा र छोरा सरोज खड्का छन् । यस्तै, सोही गाउँका नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल र लक्ष्मी द्धालको पनि ज्यान गएको छ । दुर्घटनामा जिप चालक सुरेन्द्र थापाको पनि मृत्यु भएको छ । एक जना मृतकको भने पहिचान खुलेको छैन । डीएसपी सूर्यबहादुर केसीका अनुसार १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कम्तिमा कम्तीमा ५ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते गणेश खड्का, अनिता बोहरा र गोकुल शाहीलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको छ । अर्का घाइते नेपाली सेनाका जवान जनक द्धाल र संगीता खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

“दुर्घटनास्थल विकट ठाउँमा भएर उद्दार गर्न कठिन भएपछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा गएको थियो। हावाहुरीसहित पानी परिरहेको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएपछि स्थानीय बासिन्दाको सहयोगमा सामान्य बाटो खनेर केही सुरक्षाकर्मी र स्थानीय घटनास्थलसम्म पुगेर घाइतेहरूको उद्धार गरेका थिए भने जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...