Tuesday 17th February 2026

८५ वर्षको उमेरमा ग्र्याजुएशन!


तितोपाटी – सुन्दा अचम्म लाग्छ, नलागोस पनि कसरी । हामी नेपालीहरूको सरदर अायु नै ८५ वर्ष पुगेको छैन । ८५ वर्षको उमेर सम्म पढेर विद्यावारीधि लिने कुरा कल्पनै गर्न सकिंदैन । तर अमेरिकाका एक जना लेखक, स्तम्भकार तथा प्रिन्टिङ डिजाइनका व्यवसायी अमेरिकी नागरिक साँउल इस्लरले ८५ वर्षको उमेरमा ग्र्याजुएशन गरेका छन्। युवा अवस्थामा गणित र विज्ञान विषयमा कमजोर भएका कारण उनले पढ्न छोडेका थिए।

ग्र्याजुएशन गरेपछि इस्लरले भने, ‘तपाईहरुलाई लाग्न सक्छ की मैले अब सिक्नुपर्ने केहि छैन, मैले आठ दशकमा धेरै समस्या झेलेको छु र केहि न केहि सिकेको पनि छु। आज मेरो पुरानो इच्छा पुरा भएको छ।’

दीक्षान्त समारोहमा अत्यन्तै खुसी देखिएका इस्लरको अनुभव सुन्न युवाहरु भेला भएका थिए। वरिपरि उपस्थित युवालाई उनले भने–‘मैले जीवनको हरेक क्षणमा केहि न केहि पाएको छु। सुरुवातमा मैले एउटा विज्ञापन एजेन्सीमा काम गरेको थिए, त्यहीँ मैले डिजाइन सिके, काम शुरु गरे। आज म एक स्थापित ड्राफ डिजाइनर हुँ।’

‘म मेरो बुवा जस्तै वकील बन्न चाहन्थेँ, तर मेरो विज्ञान र गणित विषय कमजोर भएका कारण त्यो इच्छा पुरा भएन। पढाइ छोडेपनि मैले शब्दहरु खोज्ने र शब्दको परिभाषा विस्तार गर्ने कामलाई निरन्तरता दिइराखें यसले नै मलाई गतिशिल बनायो।’ इस्लरले भने।

६१ बर्ष लागेपछि ‘बुड बचर’ स्तम्भ लेख्न थालेका उनले अन्य अरु तीन उपन्यास समेत लेखेका छन्।

-नागरिकबाट


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...