Thursday 5th March 2026

वर्ष २०७६/७७ को प्रदेश बजेट आज आउँदै, कुन प्रदेशको कति बजेट ?


तितोपाटी – देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । प्रदेश ३ ले सबैभन्दा धेरै रकमको बजेट ल्याउँदैछ भने सुदुरपश्चिम प्रदेशले सबैभन्दा थोरै रकमको बजेट लयाउँदैछ ।

खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरुले बताएका छन् । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउँदैछन् । यस आधारमा सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान गरिएको छ । आइतबार अपरान्ह प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

कुन प्रदेशको बजेट कत्रो ?

सबै प्रदेशले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउन लागेका छन् ।

प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा उसले ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो ।

प्रदेश २ को बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । यो प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश ५ को बजेट करिब ३४ अर्बको हाराहारीमा आउने प्रदेश मन्त्रालय स्रोतको भनाइ छ । यस प्रदेशले पहिलो आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी सुदुर पश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २५ अर्बको बजेट बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...