Friday 27th March 2026

तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिले मेटिने?


तिलक भण्डारी(कमल) – मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ ।

हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र के का लागी ?  तर त्यसको बारेमा सोच्ने काम हामी कोही कसैबाट भएको देखिदैन। हामीसग स्वघोषित लगभग ७० भन्दा बढि संघ संस्था छन तर अहिले नियालेर हेर्ने हो भने पद र पगरी लिने बाहेक अन्य केहि काम गरेको देखिदैन । यसको अर्थ यो पनि होइन संस्थाको जननिको आबश्यकता छैन भनेर यस्को उचित ठाँउमा प्रयोग गर्न सके मात्र हामी सबैको भलो हुनेछ ।

प्रवासमा रहने संघ सँस्थाको उद्देश्य भनेको मात्र बिपन्नलाइ आर्थिक सहयोग मात्र हो कि अन्य थप कार्य पनि छन यो बिषयमा अलि गहन भएर सबैले प्रयाश गनुपर्ने देखिन्छ । प्रत्येक संस्थाका कार्यकारी प्रमुखले आफ्नो कार्यकालमा इतिहासले सम्झने क मदन र बिपि जस्तो लोकप्रिय बन्ने कार्य गर्नु पर्यो । हरेक नेतृत्वकर्ताको नाम अटल र उच्च सम्मानको साथ भाबि पिडिले सम्झने योग्य बनोस यहि कामना गर्दछु ।

लगभग स्वघोषित हामीसँग भएका राष्ट्रिय दुइ चार संस्था बाहेक अन्य क्षेत्रीय नै छन । त्यकारण हामी सबैले आ-आफ्नो क्षेत्रको विकास, निर्माण र रोजगारीको लागि प्रवासबाट गर्न सकिने सबै कार्य गर्नु आजको आबश्यकता हो । अहिलेको मुख्य चुनाैति भनेको कसरी हुन्छ बेरोजगारीलाइ अन्त्य गरी रोजगारी सृजना नै आजको आबश्यकता हो । त्यसका लागि राजनीतिक दलले दिने खोक्रो आश्वासन जस्तो हाम्रा योजना नबनाउँ । चाैतर्फी रूपबाट प्राप्त हुने अवसरहरूको सदुपयोग गर्दै उक्त मार्गमा हिड्दा आइ पर्ने चुनाैतिहरूको सामना गर्दै  आ-आफ्नो क्षेत्रमा सक्दो लगानी गरि आफ्नै क्षेत्रमा रोजगारीको सृजना गर्ने तर्फ मुखरित हुने प्रयत्न गराैं अबस्य सफल होइन्छ ।

यसको लागि अहिलेको प्रबल सम्भावना भनेको कृषि र पशुपलान नै मुख्य देखिन्छ । हामी अरबाैं रूपैयाँका कृषिजन्य फलफुल-तरकारी र माछा-मासु आयातमा रोक लगाउँदै आधुनिक र बैज्ञानिक तरकाले कृषि र पशुपालनकै क्षेत्रमा ब्यवसाय शुरूवात गराैं । यसो गरेमा हामीले विदेशमा रहेका करिब चालिस लाख युवालाइ स्वदेशमै स्वोरोजगार बनाउन सकिन्छ । अर्काको काम गर्ने होइन कि आफैं मालिक बनिन्छ र आयातको ठाँउमा नियार्त गरी देशको विकास र समृद्धि हाँसिल गर्न सकिन्छ । राम रमितामा दिन बिताएर एक अर्कामा भ्रमको खेती गरि पद र पगरी मात्र गुथ्ने काम नगरी स्वाबलम्बी भएर कार्य गरे हरेक क्षेत्रको अायातको निःषेध गरि जिवनस्तरलाइ  माथि उठाउन सकिन्छ ।

उनको जवानीलाइ पर्खाइमा बसेर जिवन बिते जस्तो गरी समयको दुरूपयोग किमार्थ मान्य हुदैन । उचित समयको सदुपयोग गरी हामी सबैले रोजगारीको सृजाना गरी यस्तो बिकारल बेरोजनगरी समस्याको हल गर्ने प्रयत्नमा हातेमालो गराैं । नाच्ने-गाउने र खाने-पिउनेमा मात्र संघ सँस्थालाइ संकुचित नगराैं ।संस्थाको नाम, काम र सम्मान भोलीको भविष्यको पिंढीले सम्झन योग्य सुचिमा राख्ने प्रयन्त गराैं यो नै आझको आबश्यकता हो।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...