Monday 13th April 2026

सुन्दर परियारले पहाडकी छोरीलाई ललाइ फकाइ कुवेत पुर्याए (हेर्नुस् भिडियो सहित)


तितोपाटी –  स्याङ्जा जिल्लास्थित वालिङ – १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा “नैना रेशम लोकतारा” मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः उनले आफ्नो प्रतिभालाई उजागर गर्दै पहिलो लोकदोहोरी गीत “मेरो माया” रेकर्ड गराएर आफ्नो साङ्गीतिक यात्राको थालनी गरे ।

लगत्तै उनका लोकदोहोरी गीतहरु “मेरो माया गयौ लत्याएर” , “धोका दियौ घायल भाको छु”, तिज गीत “आयो तिज” अनि समसामयिक विषयबस्तु समेटिएको गीत “अन गर है नेट” जस्ता थुप्रै र चर्चित गीतहरु डिजिटल बजारमा सार्बजनिक भैसकेका छन् ।

पछिल्लो समयमा उनको पहिलो लोक आधुनिक गीत “पहाडकी छोरी” बिन्ध्यबासिनी म्युजिक प्रा.लि. मार्फत भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको छ । सुन्दर परियारको शब्द सङ्गीतमा सम्झना कंडेलको प्रस्तुती र आवाज रहेको उक्त गीतमा अभिनय पनि सम्झना कंडेल आफै र आर्यन थापाको रहेको छ । स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन, सुरेश श्रेष्ठ र सन्तोष महराको छायांकन अनि प्रकाश धमलाको सम्पादनमा तयार पारिएको उक्त गीत अहिले धेरै दर्शक श्रोताको माया बटुल्न सफल भैरहेको छ । उनको “पर्देशी” र “आमा” नामक गीतहरु पनि बजारमा आउने तयारीमा छन् ।

भिडियो पनि हेर्नुहोसः


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...