Monday 19th October 2026

हङकङमा सुपुर्दगी सम्बन्धी कानूनको बिरोधमा व्यापक जन प्रदर्शन


तितोपाटी – हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा व्यापक जन प्रदर्शन भइरहेको छ । गत अाइतबारदेखि शुरू भएको प्रदर्शन हिँजो बुधबार सम्म अाइपुग्दा प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका हुन ।

प्रस्तावित सुपुर्दगी सम्बन्धी विधेयकमा हङकङमा कुनै मुद्दामा संलग्न व्यक्तिलाइ चीनमा सुपुर्दगी गर्ने प्राव्धान छ । सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ । यद्यपी उनीहरुलाई सुपुर्दगी गर्ने/नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ भने हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् ।

 ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरुले उत्तेजना फैलाए पछि प्रहरी र प्रदर्शनकारीहरू बिच झडपहर भएका छन् भने स्थितिलाइ सामान्य पार्न प्रहरीले रबरका गोली समेत प्रहार गरेको छ ।

सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ तर विरोधीहरु उक्त कानुन दुरुपयोग हुने सक्ने बताउँछन् । उनीहरुले चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागेको भन्दै विरोध गरेका छन् । सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भइरहेको छ ।

 (एजेन्सी)


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...