Wednesday 29th July 2026

हङकङमा सुपुर्दगी सम्बन्धी कानूनको बिरोधमा व्यापक जन प्रदर्शन


तितोपाटी – हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा व्यापक जन प्रदर्शन भइरहेको छ । गत अाइतबारदेखि शुरू भएको प्रदर्शन हिँजो बुधबार सम्म अाइपुग्दा प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका हुन ।

प्रस्तावित सुपुर्दगी सम्बन्धी विधेयकमा हङकङमा कुनै मुद्दामा संलग्न व्यक्तिलाइ चीनमा सुपुर्दगी गर्ने प्राव्धान छ । सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ । यद्यपी उनीहरुलाई सुपुर्दगी गर्ने/नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ भने हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् ।

 ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरुले उत्तेजना फैलाए पछि प्रहरी र प्रदर्शनकारीहरू बिच झडपहर भएका छन् भने स्थितिलाइ सामान्य पार्न प्रहरीले रबरका गोली समेत प्रहार गरेको छ ।

सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ तर विरोधीहरु उक्त कानुन दुरुपयोग हुने सक्ने बताउँछन् । उनीहरुले चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागेको भन्दै विरोध गरेका छन् । सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भइरहेको छ ।

 (एजेन्सी)


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...