Wednesday 26th August 2026

भेनेजुएलामा डुङ्गा दुर्घटना हुँदा ३० जना बेपत्ता


तितोपाटी – दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्। पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए। उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए। उक्त घटनाका बारेमा अधिकारीहरुले भने कुनै टिप्पणी गरेका छैनन्। तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन्। तर भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो होइन भन्ने एकिन हुन सकेको छैन।

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो। हालसम्म ८० जना बेपत्ता छन्। यसअघिका दुई वटा डुंगा क्यारेबियन मुलुक ट्रिनीडाड एन्ड टोबागोतर्फ हिँडेका थिए। परिवारका सदस्यहरुका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न ४०० अमेरिकी डलर तिर्नु पर्दछ। संयुक्तराष्ट्र संघले भेनेजुएलाका तीन करोड जनसंख्यामध्ये एक तिहाईलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ।

राष्ट्रसंघका अनुसार विगत तीन चार वर्षको अवधिमा झण्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएका छन्। तर विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्याँक गलत रहेको दाबी गरेका छन्।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...