Friday 26th December 2025

अतिथि कलाकार निशान भट्टराइ भोली बिहान मात्र कुवेत आइपुग्ने


तितोपाटी – कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार गायक निशान भट्टराई भोली बिहिबार बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन्। गायक भट्टराइ एयर अरबियाको उडानबाट आज  कुवेत आइ पुग्नु पर्नेमा नेपालबाट उडान रद्द भएपछि लागेका हुन ।

मंचका अध्यक्ष सोम रसाईलीले तितोपाटी डट कम सँग कुराकानी गर्दै प्राविधिक कारणले पुर्व निर्धारित समयमा कलाकार  कुवेत आउन नसकेपछि कुवेतमा स्वागतार्थ प्रतिक्षारत नेपालीहरूमा पर्न गएको असुविधाप्रति संस्थागत रूपमा क्षमा माग्दै भोली बिहिबार बिहान ९ बजेको एयर अरबियाको उडान नं. ABY125 को उडान मार्फत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्ने भएकोले अतिथि कलाकारको स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थलमा आइदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतका अध्यक्ष सोम रसाईली ले अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण:-

स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप ।
मिति: १४ जुन २०१९ शुक्रबार ।
समय: दिउँसो १२ बजेदेखि ।
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा ।


सम्बन्धित शीर्षकहरु

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

प्रतिकृयाहरू
...