Wednesday 18th March 2026

मालीमा अज्ञात हतियारधारी समुहको हमलामा ९५ जनाको मृत्यु


तितोपाटी – मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ । सोमबार त्यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् ।

सोमबारको उक्त घटनापछि अनुसन्धान गर्ने सरकारले जनाएको छ । केही समययता हिंसा जारी भएको उक्त क्षेत्रमा यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

एएफपी न्युजका अनुसार घटनास्थलमा मारिनेका शरीर जलेका छन् । साथै अधिकारीहरुले हराउनेहरुलाई खोजी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...